ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हाम्रो मुलुकमा भएको यो अहिलेसम्मकै खराब आक्रमण हो – अमेरिकी राष्ट्रपति ट्रम्प


एबीसी न्यूज
बैशाख २५, २०७७ बिहीबार  ८ : ५३ बजे

काठमाडौं, २५ बैशाख  ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको आक्रमण अमेरिकामाथि भएको अहिलेसम्मकै ठूलो भएको बताएका छन्। उनले कोरोनाले दोस्रो विश्वयुद्धमा भएको पर्ल हार्बर तथा २ दशकअघिको सेप्टेम्बर ११ आक्रमणभन्दा बढी क्षति गरेको बताएका छन्। ह्वाइट हाउसमा आयोजित नियमित ब्रिफिङमा ट्रम्पले भने, ‘हाम्रो मुलुकमा भएको यो अहिलेसम्मकै खराब आक्रमण हो, यो पर्ल हार्बर या वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणभन्दा खराब हो, हामीमाथि यस्तो आक्रमण कहिल्यै भएको थिएन।’

उनले यो महामारीलाई सुरुमै रोक्नुपर्ने र त्यसभन्दा पनि चीनमै रोक्नुपर्नेमा त्यसो हुन नसकेको बताए। ‘के तपाईं यसलाई वास्तवमै युद्धमा भएको आक्रमणको रुपमा हेर्नुहुन्छ ?’ भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘अमेरिकाका लागि कोरोना भाइरसको महामारी सबैभन्दा ठूलो शत्रु हो।’
ट्रम्पले भाइरस फैलाउन चीन जिम्मेवार भएको पनि दोहो¥याए। उनले चीनविरुद्ध कडा कारबाही गर्ने पनि बताउँदै आएका छन्।

ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने पनि बताए ।
चुनाव स्थगित गर्नु हुन्छ कि हुँदैन भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले चुनावको मिति सार्ने विषयमा कहिल्यै पनि सोचेको छैन । मैले त्यस्तो किन गर्ने ? ३ नोभेम्बर एक राम्रो अंक हो ।’  कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आगामी राष्ट्रपतिको चुनावबारे आशंका हुँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

एक कार्यकाल पूरा गर्न ४ पटक प्रधानमन्त्री हुनुपर्‍यो, राम्रो काम गर्नेबित्तिकै हटाइहाल्छन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com