ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघ्यो, ३७ लाख २५ हजार बढी संक्रमित


एबीसी न्यूज
बैशाख २४, २०७७ बुधबार  ६ : ५५ बजे

काठमाडौं, २४ बैशाख ।  विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमितको संख्या ३७ लाख २५ हजार ८ सय ३ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका २ लाख ५८ हजार २ सय ७२ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये १२ लाख ४१ हजार ८ सय ५० जना उपचारपछि घर फर्किएका छन् । २२ लाख २५ हजार ७ सय जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४४ हजार १०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९३ हजार ९७३ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ७९ हजार ४३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ लाख ४७ हजार २९ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २० हजार ४५० जनाको मृत्यु भएको छ । ५ लाख ८७ हजार १९२ जना संक्रमित छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार ९८१ जनाको मृत्यु भएको छ । २ लाख ३६ हजार ८२५ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा १ हजार ९१७ जनाको ज्यान गएको छ भने ५० हजार १६६ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ४३९ पुगेको छ ।

सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७२ हजार २२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ५० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १८५ जनाको मृत्यु भएको छ भने २ हजार २६० जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ६१३ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ५० हजार ५६१ पुगेको छ । १ लाख ५४ हजार ७१८ जना उपचारपछि निको भएका छन् ।

७० हजार २३० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै इटालीमा एकै दिन २३६ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १३ हजार १३ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८५ हजार २३१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९८ हजार ४६७ जनामध्ये १ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ६९३ पुगेको हो ।

भारतमा एकैदिन थप २ हजार ९६३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४०० पुगेको छ । भारतमा संक्रमितमध्ये १४ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३३ हजार ५६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ५२० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ३४० जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने सरकारको प्रतिवद्धता

सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा, प्रमुख दलबाट सुझाव माग (पूर्णपाठ)

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com