ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघ्यो, ३७ लाख २५ हजार बढी संक्रमित


एबीसी न्यूज

काठमाडौं, २४ बैशाख ।  विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर संक्रमितको संख्या ३७ लाख २५ हजार ८ सय ३ पुगेको छ ।

विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका २ लाख ५८ हजार २ सय ७२ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये १२ लाख ४१ हजार ८ सय ५० जना उपचारपछि घर फर्किएका छन् । २२ लाख २५ हजार ७ सय जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४९ हजार २४६ जनाको अवस्था गम्भीर छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४४ हजार १०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १४ लाख ९३ हजार ९७३ पुगेको छ । उत्तर अमेरिकी मुलुकहरुमा ७९ हजार ४३१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १२ लाख ४७ हजार २९ पुगेको छ ।

यस्तै एसियाली मुलुकहरुमा २० हजार ४५० जनाको मृत्यु भएको छ । ५ लाख ८७ हजार १९२ जना संक्रमित छन् । दक्षिण अमेरिकी मुलुकहरुमा ११ हजार ९८१ जनाको मृत्यु भएको छ । २ लाख ३६ हजार ८२५ जना संक्रमित छन् ।

अफ्रिकी मुलुकहरुमा १ हजार ९१७ जनाको ज्यान गएको छ भने ५० हजार १६६ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८ हजार ४३९ पुगेको छ ।

सबैभन्दा बढी संक्रमण भएको मूलुक अमेरिकामा ७२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप २ हजार ३०१ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ७२ हजार २२२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार २५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ लाख ३६ हजार ८८० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ९९ हजार ६८४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ६४ हजार ९७४ जनामध्ये १६ हजार १७५ जनाको अवस्था गम्भीर छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ५० हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १८५ जनाको मृत्यु भएको छ भने २ हजार २६० जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार ६१३ पुगेको छ भने कुल संक्रमितको संख्या २ लाख ५० हजार ५६१ पुगेको छ । १ लाख ५४ हजार ७१८ जना उपचारपछि निको भएका छन् ।

७० हजार २३० जना उपचाररत छन् । त्यसमध्ये २ हजार २५४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै इटालीमा एकै दिन २३६ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २९ हजार ३१५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७७ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १३ हजार १३ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ८५ हजार २३१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९८ हजार ४६७ जनामध्ये १ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ६९३ पुगेको हो ।

भारतमा एकैदिन थप २ हजार ९६३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४९ हजार ४०० पुगेको छ । भारतमा संक्रमितमध्ये १४ हजार १४२ जना उपचारपछि निको भएका छन् । ३३ हजार ५६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ५२० जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार ३४० जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com