ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पछिल्लो समयमा कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ, मृत्युदर घट्दो


एबीसी न्यूज

काठमाडौं, १६ वैशाख । पछिल्लो समयमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण मृत्यु दरमा दुई दिन यता घट्दो क्रममा देखिएको छ ।

आइतबार र सोमबारको तथ्या‌कलाई नियाल्ने हो भने कोरोना भाइरसको जोखिम न्यूनीकरणतर्फ उन्मुख छ । आइतबार विश्वभर ३ हजार ५ सयको हाराहारीमा कोरोना संक्रमितको ज्यान गएको थियो भने सोमबार ४ हजार ५ सयले ज्यान गुमाएका छन् । यो तथ्या‌क केही दिन अगाडिको तुलनामा अत्यन्त न्यून हो ।

किनकी केही दिन अघि अमेरिकामा मात्र दैनिक करिव ३ हजारको मृत्यु हुने गरेको थियो । कोरोनाबाट सबैभन्दा बढी आक्रान्त अमेरिकामा विगत दुई दिनदेखि यसको संक्रमण र ज्यान गुमाउनेको संख्यामा उल्लेख्य मात्रामा कमी आएको छ ।

गएको २४ घन्टामा अमेरिकामा कोरोना संक्रमणबाट १ हजार ३८४ जनाले ज्यान गुमाएका छन् । यो दुई दिनअघिको तुलनामा आधाले कमी हो। आइतबार अमेरिकामा यसको संक्रमणबाट ११ सय ५७ जनाको ज्यान गएको थियो।

शनिबार अमेरिकामा २ हजार ६५ जनाको मृत्यु भएको थियो। सोमबार त्यहाँ संक्रमण दर पनि घटेको छ। सोमबार अमेरिकामा २० हजार ९ सय ३५ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन त्यहाँ ३३ हजार भन्दा धेरै संक्रमित भएका थिए।

अहिलेसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५६ हजार ६ सय ५० जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या १० लाख ८ हजार नाघेको छ।

सोमबार विश्वभर ६५ हजार ८ सय ७१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। जब कि तीन दिनअघि मात्रै एकै दिन एक लाख भन्दा धेरै संक्रमित थपिएका थिए। सोमबार कोरोना संक्रमणबाट विश्वभर गरेर ४२ सय ८८ जनाको मात्रै मृत्यु भएको छ।

विश्वमा अहिलेसम्म कोरोना संक्रमणबाट २ लाख ११ हजार ४४७ पुगेको छ। संक्रमितको संख्या ३० लाख ६३ हजार नाघेको छ। अहिलेसम्म ९ लाख २२ हजार बढी उपचारपछि निको भएका छन्।

गएको २४ घन्टामा कोरोना संक्रमणबाट स्पेनमा ३३१, इटालीमा ३३३, फ्रान्समा ४३७, युकेमा ३६०, ब्राजिलमा २७२, क्यानाडामा १४४, बेल्जियममा ११३ जनाको मृत्यु भएको छ। यो पनि केही दिन अघिको तुलनामा कम हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

सम्बन्धित

नेपाली कांग्रेसमा गगन सभापति, विश्व र पुष्पा भुसाल उपसभापति(पूर्ण सूची)

चुनावको टाइमलाइनमै कांग्रेसी ट्विस्ट :सबथोक उल्टियो

रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता (के के सजिलो भयो ?)

कांग्रेस सभापति देउवा र खड्काको निवासमा बढाइयो सुरक्षा

भारतको पश्चिम बङ्गालमा निपाह भाइरस देखिएपछि नेपालमा सतर्कता अपनाउन निर्देशन

निर्वाचन आयोगमा कांग्रेस विवाद : दुई दिनमा दुई पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com