ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रिमोट कन्ट्रोल बम र हतियारसहित विप्लवका तीनजना कार्यकर्ता पक्राउ


admin

सप्तरी, १२ मंसिर । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै चुनाव बिरोधी समूहले सप्तरीमा त्रासको वातावरण सृजना गर्न लागिपरेका छन् ।

यसैबीच सप्तरी प्रहरीले तीन जना त्यस्ता व्यक्तिहरुलाई पक्राउ गरेको छ । जसमा दुई जना विप्लव समूहका रहेका छन् ।

यता सप्तरीको विष्णुपुर गाउँपालिकास्थित बरही नहर छेउछाउबाट आज बिहान प्रहरीले रिमोट बमसहित दुई जनालाई विप्लवका कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रहरीको गस्ति टोलीले आज बिहान नहर चौकमा शंका लागेका दुईजनालाई खानतलासी गर्दा उनीहरुको सातबाट रिमोट कन्ट्रोल फेलापरेपछि अनुसन्धानका क्रममा सो बम फेला परेको हो ।

सप्तरीका प्रहरी प्रमुख मुकेश सिंहका अनुसार रिमोटसहित पक्राउ परेको दुबैलाई चार घण्टाको अनुसन्धानपछि बम नहर छेउछाउमा राखेको आधारमा प्रहरीले सो स्थानमा खोजतलास गर्दा उक्त बम फेला परेको हो । यता पक्राउ परेका व्यक्तिहरु विप्लव समूहको रहेको र उनीहरुले अन्य स्थानमा समेत बम राखेको हुन सक्ने प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो । फेला परेको सो बमलाई नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।

यस्तै गएराती प्रहरीले तिलाठी कोइलाडी गाउँपालिकास्थित सकरपुराबाट एक जना व्यक्तिलाई हतियारसहित पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरीले स्थानिय एक घरको गाइगोठमा बसिरहेको अवस्थामा प्रहरीले छापा मारि एक थान नलकटुवा पेस्तोल र सोमा लोड गरिएको एक थान गोली र बाहिर रहेको दुई थान गोलीसहित पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com