झापा,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाको झापास्थित घरमा बम विष्फोट भएको छ ।
सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि कम्पाउन्डमा सुतली बम विष्फोट भएको हो । बम विष्फोटबाट पर्खालको ईंटा भत्किएको प्रहरीले जानकारी दिएको छ । गएराति करिब १२ः४५ को समयमा बम विष्फोटको समयमा नेता सिटौला परिवारका सदस्यहरुसहित घरभित्रै थिए । बम विष्फोटमा संलग्न भएको आशंकामा शंकास्पद एकजनालाई पक्राउसमेत गरेको छ।
प्रतिक्रिया दिनुहोस्