बर्दिया, ११ मंसिर , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको दुई तिहाई बहुमत आउने निश्चित भएको बताएका छन् । बर्दियाको गुलरियामा भएको वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसपल्टको चुनावमा वाम गठबन्धनको दुई तिहाई बहुमत जीकिर गरेका हुन ।
वामपन्थीहरुको एकता चुनाव अगाडि नै गर्ने योजना भए पनि चुनाव नजिकै आइसकेकोले चुनावी तालमेल मात्र गरेको चुनाव सकिए लगत्तै वाम पन्थीहरुको एकता निश्चित हुने बताए।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता मिलेर खानको लागि नभएर देशको विकास, शान्ति सुरक्षा, लोकतन्त्रलाई बलियो बनाउनको लागि भएको ओलीले बताए ।
अध्यक्ष ओलीले चुनावपछि गठबन्धनको संयुक्त घोषणापत्रमा लेखिएका सबै योजनाहरु पूरा गर्ने गरी काम गर्ने समेत बताउ । त्यस्तै चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापाले नेपाल नयाँ युगमा प्रवेश गरेको बताउदै चुनावपछि वामपन्थीको स्थायी सरकार निर्माण हुन गइरहेकोले नेपाल विकासको गति लिएर नयाँ युगको अगाडि आउने थापाले बताए ।
प्रतिक्रिया दिनुहोस्