ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिर १० गते निर्वाचन सम्पुर्ण


admin

काठमाण्डौं, ११ मंसिर । देशको ऐतिहासिक प्रतिनिधीसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन हिजो सम्पन्न भएको छ । देशको ३२ जिल्लामा सम्पन्न निर्वाचनमा स्थानीय तहको भन्दा ८ प्रतिशतले मत कम खसेको छ । स्थानीय तहको निर्वाचनमा कुल ७३ प्रतिशतको हाराहारीमा मत खसेको थियो भने हिजो भएको निर्वाचनमा औषतमा ६५ प्रतिशत मतदाताले मात्र मतदान गरेका छन् । चुनावमा सबैभन्दा बढी मत रसुवामा ८०.६९ प्रतिशत खसेको छ भने सबैभन्दा कम मत रोल्पामा ५५.१० प्रतिशत खसेको छ । स्थानीय तहको निर्वाचन सो जिल्लामा क्रमसः ८२ र ७० प्रतिशत मत खसेको थियो ।

यस्तै रुकुमको दुई मतदान केन्द्रको निर्वाचन रद्ध भएको छ । प्रदेश नं. ६ पश्चिम रुकुमको बाफिकोट गाउपालिकास्थित रत्न आधारभुत विद्यालय क मतदान केन्दमा प्रत्यक्षतर्फको २५० मत अज्ञात व्यक्तिले जलाईदिए पछि सो मतदान केन्द्रको चुनाव स्थगित भएको हो । रुकुमकै आठवीससकोट नगरपालीका ११ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रमा पनि समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याए पछि समानुपातिकतर्फको चुनाव स्थगित भएको छ । स्थगित भएको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनाव पुन मंसिर २१ गते दोस्रो चरणको चुनावसंगै हुने भएको छ भने समानुपातिकतर्फको चुनाव कहिले गर्ने भन्ने निर्कौल भएको छैन ।

यता सिन्धुपाल्चोकमा निर्वाचनका दिन बामपन्थी गठबन्धन र कांग्रेस कार्यकर्तावीच झडप हुदा स्थितीलाई नियन्त्रण लिन प्रहरीले हवाइ फायर गर्नुपर्ेको थियो । सिन्धुपाल्चोक क्ष्ँेत्र नं. १ का दुइ मतदान केन्द्र देउराली प्राथमिक विधालय र कालीकादेवी प्राविको केन्द्रमा कार्यकर्ताहरु विच झपड भएको हो । झडपका बाबजुद मतदान सम्पन्न भएको छ भने सिन्धुपाल्चोक बाट कुल ६८.८७ प्रतिशत मत खसेको छ ।

यस्तै कांग्रेस- राप्रपाको लोकतान्त्रिक गठबन्धनले धादिङको खनियावास गाउँपालिका-४ झार्लाङमा रहेको मतदान केन्द्र कब्जा गर्ने प्रयास गर्यो भने
नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा दोलखाको तामाकोशी गाउँपालिका जफेमा रहेको जामुने बुथ कब्जा गर्ने प्रयास भयो ।

त्यस्तै सय वर्ष नाघेका मतदाताको सहभागिता पनि यस पटकको चुनावमा चर्चाको विषय बन्यो । बैतडीको सुनर्या गाउपालीकाको ढोल्या मतदान केन्द्रबाट मतदान गर्नुभएकी ११४ वर्षीय महिला पशुपति साउद मतदान गर्ने सबैभन्दा जेष्ठ मतदाता बन्नुभएको हो । त्यस्तै म्याग्दीको ज्ञानोदय मावि मतदान केन्द्रबाट ११२ वर्षका खड्कबहादुर भण्डारी ले, खोटाङको सरस्वती माबि (ख) केन्द्रबाट १०६ बर्षिय मणीसुन्दर बजिमयले र रसुवाको कालिका ३ का एक सय चार वर्ष उमेर पुगेका गौकुमारी लामिछाने ले सुन्धारा मावी मतदान केन्द्र बाट मतदान गर्नुभएको हो ।

अहिले खसेको मतपटेकालाई जिल्लाको सदरमुकाममा पुर्याउने कार्य जारी छ । कुल ३२ जिल्लाका २ हजार ९१७ मतदानस्थलमध्ये २ हजार ५७ मतदानस्थलका मतपेटिकाहरु सम्बन्धित जिल्लाका सदरमुकाममा पुर्याइएको छ भने भौगोलिक विकटतालगायत कारणले ८७० स्थानका मतपेटिका भने अझै सदरमुकाम पुर्याउन सकिएको छैन । यसै समयमा मतपेटिका ल्याउदै गरेका समुहलाई लक्षित गरि विभिन्न ठाउमा बम बिष्फोट भएको छ ।

उत्तरी भोजपुरको साल्पासिलिछो गाउँपालिका अन्तर्गतका वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिकाको न्याउले जंगलमा सुतली बम विस्फोट गराइएको छ । त्यस्तै जाजरकोटको कुशे गाउँपालिका–१ को मतपेटिका बोकेको टोलीलाई लक्षित गरी बम विस्फोट गराइएको छ । मतपेटिकाको सुरक्षा अहिले प्रमुख चुनौति बनेको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com