ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगली जनावरको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान


admin

इनरुवा, ११ मंसिर । सुनसरीको कोशी गाउँपालिका र बराह नगरपालिकाका स्थानीय बासिन्दालाई सधैँ आरक्षको समस्याका कारण क्षतिको सामना गर्नुपर्ने बाध्यता रहेको छ ।

घर नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक निस्कने जंगली जनावरका कारण उनीहरुको धनमालको क्षतिका साथै मानवीय क्षतिको समेत सामना गर्नुपर्ने बाध्यता छ । आरक्षबाट दैनिक निस्कने अर्ना, हात्ती, बँदेललगायतका जंगली जनावरको आतंकले सो क्षेत्रका स्थानीय परेसान भएका छन् । यसपटक सो क्षेत्रका स्थानीय तथा मतदाताले आरक्षको समस्या समाधान गर्ने उम्मेदवारलाई मतदान गर्ने प्रमुख एजेण्डा बनाएका हुन् ।
सुनसरीको बराह नगरपालिकाको मधुवन क्षेत्रका मतदाताले कोशी टप्पुको हात्ती, अर्ना र बँदेलको आतंक बढेकाले त्यसको समाधान गर्ने तथा आरक्ष पीडितलाई राहत दिने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

बराह– ११ को मधुवनका अजिम हुसेनले आरक्षको समस्या समाधान गर्नेलाई मतदान गर्ने विचार व्यक्त गर्नुभयो । दिनरात अर्ना र हात्तीको आतंक रहेकाले त्यसलाई पूर्ण समाधान गर्ने उम्मेदवारलाई मतदाताले मतदान गर्ने अन्सारीले बताउनुभयो ।

उम्मेदवारका केही एजेण्टले रकम लिएर मतदाताको भावनाविपरीत मत बेच्ने काम गरेकाले आफूहरु त्यसबाट बचेर काम गर्ने सुनसरी क्षेत्र नं ४ का मतदाता अर्जुन गुप्ताको भनाइ छ । गुप्ताले एम्बुलेन्स पुग्ने बाटो, ग्राभेल भएको सडक, कोशी टप्पुलाई पर्यटकीय क्षेत्रका रुपमा स्थापित गरी युवालाई स्वरोजगार बनाउने उम्मेदवारलाई मतदान गर्ने मनस्थिति बनाएको बताउनुभयो ।

कोशी टप्पुको काख र कोशी नदीको छेउमा रहेको उराँव र दलित बस्तीका मतदाताले आरक्ष क्षेत्रको घेराबेरा र बालीमा गरेको क्षति न्यूनीकरण गरिदिने उम्मेदवारलाई मतदान गर्ने स्थानीय मतदाता शान्ति उराँवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अमेरिकाको राष्ट्रपतिमा ट्रम्प जितको नजिक, ह्यारिस आशा जिवितै

‘जो जससँग सम्वन्धित छ’ :  न्युयोर्क टाइम्स

फ्लोरिडा गर्भपतन अधिकार अस्वीकार गर्ने पहिलो राज्य बन्यो

सात राज्यहरूले राष्ट्रपतिको विजयलाई निर्णायक बनाउने

दुई दर्जनबढी राज्यमा मतदान सकियो, हालसम्म ट्रम्पसँग ९५ र ह्यारिससँग ३५ इक्लेटोरल

के नरेन्द्र मोदीले आफ्नो प्रभाव गुमाउँदै छन् ?: इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com