ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा सरकारको प्राथमिकतामा छ– मन्त्री ज्ञवाली


admin

काठमाडौं, १६ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताउनुभएको छ ।  आज आफ्नो कार्यकक्षमा अन्तर्वार्ता क्रममा मन्त्री ज्ञवालीले यस विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्व तयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको उल्लेख गर्दै विदेशबाट नेपाल वा नेपालबाट विदेशको यात्रा असुरक्षित हुने हुँदा जोखिम नलिन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “संक्रमणको समयमा आफ्नो देश फर्कने चाहना हुन सक्ला तर विदेशबाट आएकाहरूबाटै संक्रमणको जोखिम देखिएकाले त्यस्तो जोखिम नेपालले लिन सक्दैन । विदेशमा रहेका नेपाली श्रमिक र विद्यार्थीहरू अहिले जहाँ हुनुहुन्छ, त्यहाँ नै सुरक्षित रहनुस् । अत्तालिएर दौडादौड नगर्नुस् । अहिले तपाईँहरूलाई विदेशबाट नेपाल ल्याउन सकिने स्थिति छैन ।”कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य मन्त्री ज्ञवालीले श्रम र अध्ययनका लागि विदेश गएका नेपालीको सुरक्षाको स्थितिबारे आफूले नियोग र दूतावासबाट भिडियो कन्फरेन्स र अन्य माध्यमबाट नियमित अद्यावधिक गरिरहेको जनाउँदै त्यहाँका सरकारले पनि नेपालीहरूलाई आफ्ना नागरिक सरह व्यवहार र उपचार गर्ने प्रतिबद्धता गरेको बताउनुभयो । मन्त्री ज्ञवालीले ती मुलुकबाट श्रम करार सकिएका र प्रवेशाज्ञाको म्याद सकिएका र बढी समय विदेशमा बसिरहेका नेपालीलाई कानूनी अप्ठ्यारो नपर्ने विश्वास पनि दिलाइएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा रहेका विदेशी नागरिकको हकमा पनि स्वास्थ्य सुरक्षा र अन्य आवश्यक व्यवस्था गर्न नेपाल सरकार तत्पर रहेको स्पष्ट गर्नुभयो ।

छिमेकी मुलुक चीनबाट हालै प्राप्त स्वास्थ्य उपकरण र औषधि आवश्यकता र औचित्यका आधारमा तत्काल प्रदेशस्तरमा पु¥याइने र धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान, नेपालगञ्ज, पोखरा, धनगढी र हेटौँडामा समेत कोरोना भाइरसको परीक्षणको दायरा विस्तार गरिने पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । छिमेकी भारतबाट पनि आवश्यक उपकरण र औषधिका साथै ‘¥यापिड रेस्पोन्स टिम’ द्रुत स्वास्थ्य टोली¬ लगायतको सहयोग प्राप्त हुने आश्वासन पाइएको मन्त्री ज्ञवालीको भनाइ छ ।उहाँले अहिलेको महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलाई उच्च प्राथमिकता दिई तिनलाई प्रोत्साहन र बीमाको व्यवस्था गर्न लागिएको बताउँदै महामारीविरुद्ध जुध्न जिम्मेवार राजनीतिक दल, नागरिक समाज र स्थानीय तहको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहले आफ्नो क्षमता र औचित्य देखाउने बेला यही हो । हामीले उहाँहरूरुबाट त्यही क्षमताको अपेक्षा गरेका छौँ ।”

लकडाउनका समयमा तमासा गर्ने, जानीजानी अवज्ञा गर्ने, विरोधका लागि विरोध गर्ने र झुटा विवरण दिने प्रवृत्ति निरुत्साहन गर्दै यस्तो बेलामा पनि सरकारप्रति आशङ्का गर्ने, अनेकौँ अफवाह फैलाउने र कुण्ठाग्रस्त भई स्वार्थको रोटी सेक्न खोज्नु चिन्ताजनक विषय भएको मन्त्री ज्ञवालीको भनाइ छ ।लकडाउनको अवधि थपिने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भन्नुभयो, “सरकारलाई त्यस्तो सुझाव प्राप्त भएको छ, जनताले सुझबुझपूर्ण ढंगले संकटका बेला गरेको समर्थनप्रति सरकार आभारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com