ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरस नियन्त्रणमै छ – स्वास्थ्य मन्त्रालय


एबीसी न्यूज
चैत्र १४, २०७६ शुक्रबार  ७ : ०० बजे

काठमाडौं, १४ चैत । सरकारले कोरोना भाइरस संक्रमण फैलावटको अवस्था नियन्त्रणमै रहेको स्पष्ट पारेको छ ।  शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो समयमा गरिएको नमुना परीक्षणको सम्पूर्ण रिपोर्ट नेगेटिभ आएको बताएको हो । मन्त्रालयले हालसम्म गरिएको ८ सय २ वटा नमुना परीक्षणमा ३ वटामा मात्रै संक्रमण देखिएको, एकजनाको उपचार भएर घर फर्किसकेको र बाँकी २ जना बिरामी टेकु अस्पतालमा आइसोलेशमा रहेको जानकारी गराएको छ ।

संक्रमित २ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँले टेकुमा ४ जना, पाटन अस्पतालमा ६ जना र कान्ति बाल अस्पतालमा ३ जनालाई आइसोलेशनमा राखिएको जानकारी दिनुभयो ।

काठमाण्डौ बाहिर आइसोलेशनमा रहेका बिरामीको तथ्यांक संकलन गर्ने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

स्वाब परीक्षणको दर बढाउने सवालमा मन्त्रालयबाट काम भइरहेको तथा धरानमारहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण सुरु गर्ने काम अन्तिम चरणमा पुगेको र पश्चिम तर्फ पनि व्यवस्था गर्नेगरी व्यवस्था मिलाउने सम्बन्धमा काम भइहेको उहाँले बताउनुभयो ।

स्वाब परीक्षणका लागि आवश्यक उपकरणहरु पुग्नेगरी मौजदात रहेको र ३ दिनभित्र पीपीई लगायतका उपकरण आउने भएकाले ती सबै समस्या समाधान हुने दावी उहाँले गर्नुभयो । चिकित्सक स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाको सामग्री विना सङ्क्रमितलाई हेर्नु पर्नेगरी बाध्यात्मक स्थिति श्रृजना नगरिएको दावी पनि उहाँले गर्नुभयो ।

पत्रकार सम्मेलनमा स्वास्थ्य सल्लाहाकार डाक्टर खेम कार्कीले काठमाण्डौभित्र ६ वटा र बाहिर १९ वटा हब अस्पताल भनेर राखिएको र ती अस्पतालले फिभर क्लिनिक सञ्चालनमा ल्याएको बताउनुभयो । काठमाण्डौ भित्र शिक्षण अस्पताल महाराजगञ्ज ,भक्तपुर अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नेपाली सेनाको अस्पताल र निजामति कर्मचारी अस्पतालमा सम्पर्क व्यक्ति तोकेर काम भइहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

सम्बन्धित

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com