ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनको रौनक, युवादेखि वृद्धसम्म सबैलाई तान्यो निर्वाचनले


admin
मंसिर १०, २०७४ आईतबार  ४ : ४१ बजे

काठमाण्डौं, १० मंसिर । प्रतिनिधीसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन आज सम्पन्न भएको छ । ७ प्रदेशको ३२ जिल्लामा भएको यो निर्वाचनमा मतदाताले सक्रिय सहभागिता जनाएका छन् । कुल ७ सय २ उम्मेदवारलाई आज ३१ लाख ९१ हजार मतदाताले मतदान गर्दैछन् । निर्वाचनमा युवादेखि विभिन्न उमेर समुहका मतदाताको सहभागिता थियो । १०० वर्ष उमेर नाघेका बृद्ध मतदाताहरु देखि कृयापुत्री र एक जना अशक्तले स्टचरमै गएर भएपनी मतदान गरेको देखियो ।

वृद्ध मतदाताहरु

बैतडिमा ११४ वर्षीय महिला पशुपति साउदले बैतडीको सुर्नया गाउ“पालिकाको ढोल्या मतदान केन्द्रबाट भोट हाल्नु भएको छ । उहा“ले अब नेताहरुले महिलाको जीवनस्तर उकास्ने काममा ध्यान दिनुपर्ने र निर्वाचित भएर जाने नेताहरुले कुरा भन्दा पनि गाउ“ठाउ“मा देखिने खालका काम गरेर स्थानीय नागरिकको मन जित्नु पर्ने बताउनुभएको छ । त्यस्तै म्याग्दीमा ११२ वर्षका खड्कबहादुर भण्डारीले पनि मतदान गर्नुभएको छ । रघुगंगा गाउ“पालिका ३ वस्ने भण्डारीले ज्ञानोदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो। त्यस्तै खोटाङको सरस्वती माबि (ख) केन्द्रबाट १०६ बर्षिय मणीसुन्दर बजिमयले मतदान गर्नु भएको छ भने, रसुवाको कालिका ३ का एक सय चार वर्ष उमेर पुगेका गौकुमारी लामिछाने ले सुन्धारा मावी मतदान केन्द्र बाट मतदान गर्नुभएको छ ।

क्रियापुत्रीद्धारा मतदान

सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका ३ को ज्वालामाई आधारभुत विद्यालय मतदान केन्द्र बाट तामाखानीका एक किरियापुत्रीले आज मतदान गर्नुभएको छ । आमा सन्तमाया मगरको आठ दिनदेखि काजकिरीया गरिरहनु भएका तामाखानीका शेरबहादुर मगरले सबैभन्दा ठुलो दान मतदान भएको कारणले आफुले मतदान गरेको बताउनुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लोकतन्त्रको रक्षा गर्छौ ः एमाले सचिव , अर्याल भिडियो

सरकारी निकायका सफ्टवेयर तथा सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन

सम्बन्धित

मन्त्री हुनु दुई दिन अघि भेडेटारमा जग्गा किन्ने गृहमन्त्री गुरुङ: मूल्यांकन र स्रोतबारे प्रश्न !

सफलताको जस लिनेले पराजयको जिम्मेवारी पनि लिनुपर्छ: विष्णु पौडेल

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

गृहमन्त्रीको विवादबारे रास्वपा केन्द्रीय समिति चुपचाप, उठेन कुनै प्रश्न

गृहमन्त्री गुरुङको ‘२५ लाख’ बचाउ : ‘लुकाएको सेयर हो कि ‘वर्गीकरण’ ?

विद्यार्थी संगठन खारेजीबारे प्रदीप ज्ञवालीको टिप्पणी–चाया पर्यो भनेर गर्धन नै छिनाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com