ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुरमा हिरा लुटेको आरोपमा प्रहरी र पत्रकार पक्राउ (भिडियोसहित)


एबीसी न्यूज
चैत्र १०, २०७६ सोमबार  ४ : ४४ बजे

हेटौडा , १० चैत । मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ प्रहरी र एक पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिकाको भैँसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेतको वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोटको शिवालय २ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङको सिजुवा गाउँपालिका १ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर पक्राउ परेको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/03/video-1584960831.mp4

उहाँका अनुसार पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी रहेका छन् । उनिहरु मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ चौकीटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हिरा लुटपाट गरेका थिए । लुटपाटको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, पेस्तोल एक थान, सञ्चार सेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान र ल्यापटप १ थान बरामद गरेको छ भने प्रहरीले लुटपाटमा प्रयोग भएको कार समेत नियन्त्रणमा लिएको छ । उनीहरूविरुद्ध चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाइने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालका वामपन्थीहरु मासिदै ः वाम विश्लेषक , केसी । नेकपा सांसद ः बुढा

नेपालका वामपन्थीहरु मासिदै ः वाम विश्लेषक , केसी । नेकपा सांसद ः बुढा

सम्बन्धित

स्थानीय तहलाई गैरदलीय बनाउने माग सर्वोच्चद्वारा अस्वीकार

मिलन चक्रे समूहका निरे पक्राउ

क्होलासोंथर प्रस्थान गर्यो तमु प्ये ल्हु संघ यूकेको टोली

एमाले अध्यक्ष ओली डिस्चार्ज

गाउँपालिका, नगरपालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

आज आंशिक बदली, मौसम मुख्यतया सफा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com