
काठमाडौं, ३० फागुन । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई श्रम स्वीकृति दिन बन्द गरेको छ ।
आजबाट श्रम स्वीकृति बन्द गर्ने निर्णय भएको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपालीहरु जाने मुख्य श्रम गन्तब्य रहेका मुलुकहरुमा कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएपछि नेपालले तत्कालका लागि श्रम स्वीकृतिमा रोक लगाएको हो । यसअघि हिजो बसेको उच्चस्तरीय समितिले रोजगारीका लागि जाने सबै नेपालीलाई श्रम स्वीृकति रोक्नु पर्ने निर्णय गरेको थियो । यसअघि कतार, कोरिया र कुवेत जाने नेपालीको मात्रै श्रम स्वीकृति रोकिएको थियो ।
नेपालीका प्रमुख श्रम गन्तव्यमा कोरोनाको संक्रमण फैलँदै गएपछि नेपालले पनि ती देशमा श्रमिक पठाउन तत्कालका लागि बन्द गर्ने निर्णय गरेको हो । यसअघि नै श्रम स्वीकृति पाइसकेका श्रमिक भने जान पाउने छन् । पछिल्लो समय पनि दैनिक करिव एक हजार श्रम स्वीकृति जारी भइरहेको थियो । नेपालीका प्रमुख गन्तव्य, कतार, साउदी, युएई, कुवेत, बहराइन, दक्षिण कोरियालगायतका देशमा कोरोनाको संक्रमण देखिएको छ ।







प्रतिक्रिया दिनुहोस्