ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पामा गाउँ नै थला पार्ने गरी फैलिएको रोग कोरोना नभई मौसमी रुघाखोकी


admin

काठमाडौं, २४ फागुन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमूना काठमाडाँै पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रबार बेलुकी मात्रै रोगको पुष्टि भएको हो ।

गाउँ नै थला पार्ने गरी दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालका डा मेलिना हमालले जानकारी दिनुभयो । “शुक्रबार साँझ मात्रै टेकुबाट ल्याब परीक्षणको प्रतिवेदन आयो, प्रतिवेदनमा अरु बेला लाग्ने जस्तै मौसमी रुघाखोकी भएको पुष्टि भएको छ”, डा हमालले भन्नुभयो ।

“सरसफाइमा ध्यान नदिँदा एकपछि अर्को गर्दै गाउँभरि नै रोग फैलिएको हो, त्यतिमात्र नभई रुघाखोकी लाग्दा सही तरिकाले मास्कको प्रयोग नगर्ने, पानी नउमालेर नखाने, जहाँ पायो त्यही फोहर गर्ने, हात नधोएरै खाना पकाउने जस्ता यावत् कुरामा ध्यान नदिँदा रोग फैलिएको पायौँ ।” अन्तिम दिनमा सबै स्थानीयलाई भेला गरेर सरसफाइ कसरी गर्ने, सामान्य रुघाखोकी, झाडापखाला लाग्दा कसरी बच्नेलगायतका स्वास्थ्यसम्बन्धी धेरै कुरा सिकाएको डा हमालले बताउनुभयो ।

पाँच जना स्वास्थ्यकर्मीले लेखनाथ आधारभूत विद्यालयमा क्याम्प नै खडा गरेर नियमित उपचार शुरु गरेपछि अहिले बिरामीको अवस्था सामान्य भएको छ । बिरामी स्वस्थ भएर पनि पहिलाको जस्तै सामान्य अवस्थामा फर्किसकेका छन् । दैनिक औषधि खाएपछि आफूहरु पहिलाको जस्तै स्वस्थ भएको एक सातादेखि थला परेका स्थानीय बुजबहादुर बोहोराले बताउनुभयो ।सरसफाइमा ध्यान नदिँदा गाउँभरिका सबै मान्छे बिरामी परेको स्वास्थ्यकर्मीले बताएकाले अबदेखि सधैँ आफू, आफ्नो परिवार, घर आँगन, गाउँघर सफा राख्ने बोहोराले बताउनुभयो । आफूहरु सञ्चो भएर पहिलाको जस्तै खेतीपातीको काममा जुटेको उहाँले बताउनुभयो ।

दुई सातादेखि थला परेका रुघाखोकी, ज्वरो र पखालाका १५० जनाको नियमित उपचार गरेपछि बिरामी सामान्य अवस्थामा फर्केको र नियमित काममा फर्किएको डा मेलिना हमालले बताउनुभयो । चार÷पाँच दिनपछि स्थानीयको अवस्था बुझ्न स्वास्थ्यकर्मी फेरि गाउँ पुग्ने बताइएको छ । उपचारका क्रममा १५० जनाबाहेक ४० जना बिरामीको जाँच गर्दा १० देखि १५ जना महिलामा पाठेघरको समस्या देखिएको र धेरैलाई पिसाबको समस्या देखिएको डा हमालले बताउनुभयो । करेलीकाँडाका स्थानीयलाई मास्क लगाउन सिकाएको स्वास्थ्यकर्मीले बताएका छन् । स्थानीयवासीले रुघाखोकी लाग्दा मास्क लगाउनुपर्छ भन्ने थाहा भए पनि यस्तो अवस्थामा खोक्दा वा हाछ्यँु गर्दा माक्स खोलेर गर्ने गरेको पाइयो डा हमालले बताउनुभयो । अबदेखि रुघाखोकी लाग्दा मास्कले नाकसम्मै छोपेर खोक्ने र हाछ्यँु गर्ने सरफाइमा उत्तिकै ध्यान दिने, पानी उमालेर प्रयोग गर्ने, झाडापखाला लाग्दा झोलिलो पदार्थ खाने भनेर सिकाएको हमालले बताउनुभयो ।

करेलीकाँडाका स्थानीयलाई सरसरफाइसम्बन्धी त्यति ज्ञान नभएको स्वास्थ्यकर्मीले बताए । सरसफाइमा ध्यान नदिएकै कारण एकपछि अर्को गर्दै ५७ घरधुरी भएको गाउँभरि नै मौसमी रुघाखोकीको फैलिएको उनीहरुको भनाइ छ । “आफूहरुले सरसरफाइसम्बन्धी धेरै कुरा सिकाएका छौँ, यी कुरालाई ध्यान नदिए अब झाडापखालाको महामारी फैलन डर उत्तिकै छ”, स्वास्थ्य चौकी त्रिपुराकोटका अनमी लक्ष्मी न्यौपानेले भन्नुभयो ।झाडापखाला मात्र नभई आँखा पाक्ने रोग फैलने सम्भावना पनि उत्तिकै रहेको स्वास्थ्यकर्मीले बताए । “बच्चाबच्चीलाई दिसापिसाब घरआँगनमै गराउने, ठूला मान्छेले पनि जथाभावी दिसापिसाब गर्ने, खोलाको पानी नउमालेरै पिउने, मासुजन्य वस्तु राम्रोसँग नपकाएरै खानेलगायतका कुरामा ध्यान नदिने गरको पाइयो ।” झाडापखाला लाग्दा के गर्ने के नगर्ने भनेर पनि सिकाएको न्यौपानेले बताउनुभयो ।

गाउँदेखि स्वास्थ्य चौकी डेड घण्टा टाढा भएकाले त्यहाँको स्वयंसेविकालाई तालीम दिएर औषधिको जिम्मा दिनुपर्ने स्वास्थ्यकर्मीले बताएका छन् । “सामान्य सिटामोल, जीवनजल लिन पनि नगरपालिकाको केन्द्रमा पुग्नुपर्ने अवस्था छ, बिरामी पर्दा कसरी स्वास्थ्य चौकीसम्म पुग्न सकिएला, सिटामोल, जीवनजललगायतका सामान्य औषधि गाउँमै स्वयंसेविकाकै जिम्मा दिनुपर्छ, ताकि सामान्य औषधि लिन डेट घण्टा हिँड्न नपरोस्”, स्वास्थ्य चौकी त्रिपुराकोटका सिनियर अहेब शेरबहादुर कठायतले भन्नुभयो ।करिब एक हप्ताको बसाइपछि स्वास्थ्यकर्मीले यहाँ महामारीको रुपमा फैलिएको सङ्क्रमण नियन्त्रणमा ल्याएका छन् । मौसमी रुघाखोकीका कारण गाउँ नै थला परेपछि स्वास्थ्य चौकी त्रिपुराकोटबाट सिनियर अहेब शेरबहादुर कठायत, अनमी लक्ष्मी न्यौपाने, प्रदेश अस्पतालका डा इन्द्रबहादुर थापा, जिल्ला अस्पतालका डा मेलिना हमाल र सारङ्गा रोकायको टोली रोगग्रस्त करेलीकाँडा पुगेको थियो ।

जिल्लाको विकट गाउँमा मौसमी रुघाखोकीले गाउँ नै थला परेको अवस्थामा यथाशीघ्र उपचारका लागि राज्यले ठूलो सहयोग गरेको स्थानीयवासीले बताएका छन् । “हाम्रो गाउँका लागि राज्यले हेलिकप्टरमा औषधिसहित डाक्टर पठायो, स्थानीय स्वास्थ्यकर्मी पनि पुगे, सयौँको सङ्ख्यामा रहेका बिरामीको उपचार सम्भव भयो”, वडा नं १ का सदस्य ज्ञानबहादुर बुढाले भन्नुभयो । गाउँको वास्तविक अवस्था समयमै बाहिर ल्याएर सबैको ध्यानाकर्षण गर्ने सञ्चारमाध्यम, त्रिपुरासुन्दरी नगरपालिका, जिल्ला अस्पताल, जिल्ला प्रशासन, प्रदेश सरकार, सङ्घीय सरकार र विशेष गरेर स्वास्थ्यकर्मीप्रति बुढाले आभार प्रकट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com