ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तपाइलाई मैदान छोड्ने अधिकार छैन प्रधानमन्त्री ज्यु ,


एबीसी न्यूज

शारदा शर्मा

अस्पतालको शैया भित्र छटपटाउदै गर्दा पनि तपाइको मुहारमा देशको चिन्ता देख्नेहरु धेरैछन यहाँ । अप्रेशन थिएटर भित्र पुग्दा पनि देश बनाउने अभियानका योजना कसरी पुरागर्ने भन्ने छट्पटी नजिकबाट थाहापाउनेहरु छन यहां । आफुभित्रको पीडालाई लुकाएर संसार बदल्न हिडेको सिपाही भित्र आफ्नो भन्दा देशको चिन्ता रहेको प्रष्ट बुझ्ने पनि त छन् यहाँ । आफुभित्रको कमजोरीलाई जित्न सक्नेहरुलेनै संसार हल्लाउन सक्छ प्रधानमन्त्री ज्यु , र पनि दुनिया बिचित्रको छ यहां हरेक कुराको आ–आफ्नो तरिकाले ब्याख्या गर्ने गरिन्छ । तपाइ राम्रो गर्न खोज्नुस अर्कोलाई त्यो नराम्रो लाग्न सक्छ । तर आफुले आफुलाई बदलेर जितेर अनि न्याय गरेर देश र दुनियाको लागि अगाडि आउन सक्नेनै नेता हो ।

चुनावी ताका तपाइ हाम्रो स्टुडियोमा आएर जीवन बृत्तान्त बताउंदै गर्दा तपाइ दृढ देखिए पनि मेरा आँखा छ्चल्किएका थिए । आफ्नै भन्नेहरुले बिनाकारण डिलमा पुर्याउन खोज्दा मानिस चिन्तित हुनु स्वभाविक हो । तर तपाइको जीवनका त्यस्ता इतिबृत्तान्तहरु केलाउदै जादा बिचारको कारण पर्खाल भित्र थुनिएको बन्दी साथीलाई समेत समान्य सदस्यबाट हटाएर नचिने जस्तो गर्ने र यसरी एकले अर्र्कालाई सकाउन खोज्ने अचम्मको रोगनै रहेछ भन्दा फरक नपर्ला ।

अहिलेत झन खुला परिवेस छ । नजिकै रहेको मानिस पनि आफ्नो हो या हैन भनेर छुटाउनै अप्ठ्यारो पर्छ । आफ्नै भनेर बिस्वास गरिएकाहरुलेनै पछाडिबाट वार गर्न खोज्छन। सायद यो मानविय स्वभाव हो या हामीले सुधार गर्न नसकेको संरचना ? जे होस तंपाइको आंट हिम्मत धैर्यता र शक्तिलाई आम नेपाली जनताले नापि सकेका छन् । नेपालको इतिहासमा देशमा शान्ति शुसासन र समृद्धीको लागि तपाइले गरेको पहल र प्रयत्न आम नेपालीले युग युग अवस्य सम्झिनेछन् । त्यसैले पनि तपाई अझै धेरै बाँच्नु पर्छ । किनभने धेरैकामहरु अहिले पनि त अधुरै छन् ।

प्रधानमन्त्री ज्यु आज पनि तपाइले परिकल्पना गरे जस्तो समाजको बिकास कहां भैसकेको छ र ? सामान्य जनताका न्युनतम आवस्यकताहरु पनि कँहा पुरा भएका छन र ? तपाइहरु मिलेर भरेको शुसासन र समृद्धीको उडान राम्रोसंग क्षितिजमा पुग्न सकेको छैन । तपाइहरुले मिलेर संचालन गरेको बिशाल यान धावनमार्गमै दुर्घटना हुने डरले आम मानिस डराइरहेका छन् । अनेक सपना बोकेर तपाइहरुले संसार हल्लाएको एकताको यान भित्र कतै–कतै पानीका फोकाहरु देखिन थालेका छन् । तपाई हस्पिटलबाट छिटै फर्किनु पर्छ प्रधानमन्त्री ज्यु, तपाइहरु मिलेर निर्माण गरेको गगनचुम्बी यानलाई सगरमाथाको उचाइमा पु¥याउन अनि आम जनताको चाहाना पुरागर्न । पहाड खनेर मैदान बनाउने अभियान छोडेर तपाइले आफ्नो कमजोरी देखाउने अधिकार छैन ।

समथर जमिनमा उर्भरा भराउने अभियानको हस्ति तपाइलाई मैदान छोडेर भाग्ने अधिकार छैन । मानिसहरुको चाहाना छ कसैसंग नडग्मगाइ देशको लागि खडा हुन सक्ने तपाइजस्ता योद्धाहरुले रोग र शोकलाई जित्नै पर्छ । बिचित्रको संयोग भनौ प्रधानमन्त्री ज्यु, लगातार तपाई आफुभित्रै लडेर मजुबुत स्पात बनेजस्तै तपाइको एकताको सारथी तपाइको सहयात्री पाइलट जस्ले आफु भावनाले दिएको चोटसंग लडेर स्पात बन्नु भएको छ । तपाइले रोगलाइ हराउन गरेको प्रयत्न जति मजबुत र बलियो देखियो त्यो भन्दा दर्दनाक पीडालाई छिचोल्दै आँखैअगाडि सन्तान ढल्दा पनि बिचलित नबनीकन देश र जनताको लागि एकताको आधार स्तम्भ तयार गर्न तपाई संगै उभिनुभएका तपाइका सहयात्रीको दुख निकै कष्टपुर्ण थियो र पनि तपाइहरु आफुभित्रका यावत कुराहरुको लेखा जोखानै नगरी बिशाल मैदानमा उत्रिनु भयो । महान अभियानमा लाग्नु भयो जो कोहीले सक्ने र हिम्मत गर्ने कुरा कहां थियो र यो । र पनि तपाइहरुले हिम्मत देखाउनु भयो । जनताको लागि देशको लागि । सांच्चै दुनियामा गरे के नहुने रहेछ यो चमत्कार नै हो भन्दा फरक नपर्ला किनभने तपाइहरु जुन अभियानमा हुनुहुन्छ सांच्चै यसका बाकीरहेका कामहरु सम्पन्न गर्न सक्नु भयो भने तपाइहरु दुनियाको उदाहरणनै हुनुहुनेछ ।

यो कुनै मजाक हैन देशको लागि तिलस्मी संयोग हो । जो आफुभित्रै थिलो थिलो बनेर स्पात बनेको छ उसंग कसैको तुलना नै हुंदैन । जो अनेक तापले पग्लेर जम्न सकेको छ , रापले पोलेर बल्न सिकेको छ उसलाई कसैले डग्मगाउन सक्दैन सायद यसैको उदाहरण होला देश बनाउने अभियानमा सिंगो कम्युनिष्ट आन्दोेलनलाई एककताबद्ध बनाएर संसार हल्लाउन सक्ने केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई एक पटक मानिसहरुले रिसाएर जस्तो गरेर पनि प्रेम गरेका छन् । बाहिर रिसाए जस्तो देखाए पनि भित्र तपाइहरुको प्रेममा पग्लेका छन । आशा र भरोसाको केन्द्र तपाइहरुलाई मान्दै फेरि एकपटक अनेक सपनाहरु देख्न थालेका छन ।

त्यसैले पनि देश हांक्ने अनि यो बिशाल यान हाक्ने यी दुइ स्पातहरु मिलेर बनेको यानलाई अझै सुझबुझका साथ मजबुत बनाउन तपाइ भित्रको तेज कमजोर हुनु हुंदैन प्रधानमन्त्री ज्यु । अनेक सपना देख्नेहरु अनि सत्य र न्यायको लागि लड्नेहरु एक्लो देखिनसक्छन तर कहिल्यै एक्लो बन्दैनन । देश बनाउने अभियानमा तपाइहरुले धेरै चक्की पिसिसक्नु भएको छ । तपाइहरुले पिसेको चक्कीमा भुस छर्केर त्यसमा आगो लगाई आफ्नो बर्चस्व देखाउन खोज्नेहरुलाइ तपाइहरुको एकताले पानी पानी बनाएको छ । त्यसैले यहां कहिलेकाही बिना बादलाव पनि बर्षा हुने गरेको छ । त्यो तपाइहरुले बुझ्न जरुरी छ । जे होस धेरै त्यस्ता कामहरु अझै बाकी छन जुन कामले दुनिया चकित पादै नयां नेपालको निर्माण गर्नु छ ।

दुनिया बदल्न आफुलाई बदलेर उर्जावान बनाउन सक्नेहरुले मात्र सक्छन । संसार बदल्ने सपना देख्न आफुले देखेका सपनाहरु साकार पार्न रोग र शोकलाई हराउनेहरुले मात्र सक्छन । त्यसैले तपाइभित्रको साहास आंट हिम्मत र धैर्यताले रोगलाई समाप्त गरेर नयां उर्जा पक्कै पनि प्राप्त भएको छ र अझै पनि प्राप्त हुनेछ । त्यसैले तपाई हस्पिटलबाट छिटै फर्किनु पर्छ । हिम्मत नहार्नुस प्रधानमन्त्री ज्यु देश तपाइको प्रतिक्षामा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

प्राध्यापक कृष्ण पोखरेलसँगको विशेष अन्तर्वार्ताः जेनजी आन्दोलन र वर्तमान राजनीतिको उपज

यसरकारण जनयुद्धसँग जेन–जी आन्दोलन जोडिएको छः प्रचण्ड

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

नेपाल सङ्क्रमणकाल: भारतले केवल मौन समर्थन मात्र दिनुपर्छ

ओली बहिर्गमनसँगै राष्ट्रपतिको कोर्टमा बलः तत्काल सर्वपक्षीय छलफल र निकास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com