काठमाडौं, १९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने भान्जी समीक्षा संग्रौला (ज्ञवाली) त्रिवि शिक्षण अस्पताल पुग्नु भएको छ ।
प्रधानमन्त्री ओलीसँगै उहापनि सोमबारै अस्पताल भर्ना हुनुहुने छ । दिउँसो १ बजे नै अस्पताल पुग्ने बताइए पनि प्रधानमन्त्री ओली साँझ मात्र अस्पताल पुग्ने बताइएको छ। प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। प्रत्यारोपण अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीको नेतृत्वको टोलीले गर्ने बताइएको छ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका क्रममा आवश्यक सहयोगका लागि भारतबाट पनि दुई सदस्यीय टोली काठमाडौं आइसकेका छन्। प्रधानमन्त्री ओलीको पहिलो पटक प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्राडा अनन्तकुमार र अर्का एक प्रतिनिधि नेपाल आइसकेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।
प्रतिक्रिया दिनुहोस्