ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो हार


एबीसी न्यूज
फाल्गुन १८, २०७६ आईतबार  १२ : ०० बजे


काठमाडौं, १८ फागनु । एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । नेपालको ब्याटिङ कमजोर हुँदा हङकङले ४३ रनको पराकिलो जित हात पारेको हो । १५५ रनको लक्ष्य पछ्याएको नेपाल १८.१ ओभरमा १११ रनमै अलआउट भयो । पहिलो खेलमा पनि मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपालको ब्याटिङ कमजोर थियो र २२ रनले पराजित भयो ।

लगातार दोस्रो हारसँगै शीर्ष दुईमा रहेर एसिया कप छनोट पुग्ने नेपालको सम्भावना कमजोर बनेको छ । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालको सुरुवात राम्रै थियो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल मल्लले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । तर पाँचौं ओभरको चौथो बलमा कुशल व्यक्तिगत १९ रनमा आउट भए ।

पावर प्ले सकिँदा नेपालले १ विकेट गुमाएर ४९ रन बनाएको थियो । तर त्यसपछि नेपालले ६२ रन जोड्दा ९ विकेट गुमायो । पारस खड्का ४, उपकप्तान दीपेन्द्र सिंह ऐरी ५, पवन सर्राफ १ र विनोद भण्डारी ५ रन बनाएर आउट भए । १५औं ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएपछि नेपालको सम्भावना क्षिण बनेको थियो ।

ज्ञानेन्द्र ४६ रनमा आउट हुँदा नेपाल ९०।६ को अवस्थामा पुग्यो । करण केसी ७ रन बनाएर आउट भए भने सन्दीप लामिछानेले नै खाता खोल्न सकेनन् । आरिफ शेख १० रन बनाएर आउट भए । नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङका लागि हारुन अर्सदले ३.१ ओभरमा १६ रन खर्चेर ५ विकेट लिए । अफताव हुसेनले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । एहसान खानले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए ।

कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद वासिफले २६ र जेमी एटकिनसनले १७ रन जोडे । पहिलो विकेटका लागि निजाकात खान र शाहिद साविसफले ५८ रनको साझेदारी गर्दै हङकङलाई राम्रो सुरुवात दिलाएका थिए । तर आठौं ओभरको पाँचौं बलमा सुशन भारीले साझेदारी तोडे । उनले वासिफलाई आरिफ शेखबाट क्याचआउट गराए । सुशनले नै १० औं ओभरमा अर्का ओपनर निजाकातलाई कुशल मल्लबाट क्याचआउट गराए ।

अर्को ओभरमा सन्दीप लामिछानेले किन्चित शाहलाई शून्यमै पभेलियन फर्काएपछि नेपाल खेलमा फर्किएको थियो । त्यसपछि नेपालले नियमित विकेट लिँदा हङकङले ठूलो स्कोर बनाउन पाएन । १४ औं ओभरको अन्तिम बलमा कुशल मल्लले हारुन अर्सदलाई अभिनाश बोहराबाट क्याचआउट गराए । सन्दीपले १७ औं ओभरमा जेमी एटकिनसनलाई विकेटकिपर विनोद भण्डारीबाट स्टम्पिङ गराएपछि हङकङले १२६ रन हुँदा पाँचौं विकेट विकेट गुमायो । १९ औं ओभरमा हङकङका कप्तान अइजज खान रनआउट भएका थिए । नेपालका लागि सन्दीप लामिछाने र सुशन भारीले २र२ तथा कुशल मल्लले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com