ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो चरणको ३२ जिल्लामा ७ बजेबाट मतदान


sharan sharan

नागरिकमा भएको निर्वाचन हु“दैन कि भन्ने आशंकालाई चिर्दै अन्ततः मुलुकमा निर्वाचन हुने नै भएको छ । स्थानीय तहको निर्वाचन जसरी अशंकाहरुबीच सफलतापूर्ण सफल भयो त्यसरी नै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सफल हुन सके नेपालमा अस्थिरताको सपना बुनेर बसेकाहरुलाई दरो जवाफ मात्र हुने छैन, संबिधानको सफल कार्यान्वयन पनि हुनेछ ।
बिभिन्न उतार चढाव र नागरिकमा भएको आशंकालाई चिर्दै अन्ततः निर्वाचन हुने निश्चित भएको छ । घटनाक्रमहरुले केहि आशंका जन्माए पनि निर्वाचन आयोगको सक्रियता र दलहरुको सजगताका कारण निर्वाचनको महासंग्रामको दोस्रो अभियानको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा जस्तै निर्वाचनका बिषयमा सडकमा देखिएको आशंकालाई झुटो साबित गर्दै प्रेदश र प्रतिनिधि सभाअन्तर्गत पहिलो चरणमा हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ ।
पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका आवश्यक निर्वाचन सामग्री व्यवस्थापन, सुरक्षा व्यवस्था लगायत सबै काम पूरा भएको जानकारी गराएको हो । निर्वाचन आयोगले कान्तिपथस्थित कार्यालयमा शनिवार पत्रकार सम्मेलन गरेर मतदाताहरुलाई निर्धक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिंदै निर्वाचनमा सहभागी भई आफूले चाहेको उम्मेदवारलाई मताधिकार प्रयोग गर्न आग्रह आममतदातालाई गरे ।
आयोगले कुनै करणबश मतदाता आफ्नो परिचयपत्र प्राप्त गर्न नसकेको अवस्थामा वा हराएमा सरकारले जारी गरेको कुनै पनि सक्कली परिचय पत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाएको बताएको छ । आयोगका अनुसार पहिलो चरणमा आइतबार निर्वाचन हुने जिल्लाहरुमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले मतदान गर्ने छन् भने प्रतिनिधिसभाका लागि २ सय ८२ जना र प्रदेशसभाका लागि ४ सय २० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दल, उम्मेदवार तथा आम संचारमाध्यमहरुलाई निर्वाचन आचार संहिताको परिधिभित्र रहि आ–आफ्नो जिम्मेवारी बहन गर्न सचेत समेत गराएका छन् ।
निर्वाचबाट बनेको स्थानीयतहलाई संस्थागत गर्न, पहिलो पटक हुन गइरहेको संघीय संरचनाको कार्यान्वयन गर्न र संबिधानलाई जनस्तरसम्म पु¥याउन पनि यो निर्वाचनले महत्वपूर्ण भुमिका पु¥याउने निश्चित छ । त्यसैले दलहरु मात्र नभै प्रेदेश र प्रतिनिधिसभाको निर्वाचन सफल बनाउन सम्पूर्ण वर्ग, तह र तप्काका नागरिक सक्रियताका साथ सहभागी हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनको विकल्प सोच्ने ठाउँ छैन, प्रत्यक्ष कार्यकारीले नै मुलकमा स्थायित्व कायम गर्छ – डा. खिमलाल देवकोटा(भिडियो)

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com