ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायधीशको अगाडी नायिका प्रियंका र आयुष्मानले कसे लगनगाँठो


admin
फाल्गुन १६, २०७६ शुक्रबार  ३ : ५७ बजे

काठमाडौं, १६ फागुन । नायक नायिका आयुष्मान देशराज जोशी श्रेष्ठ र प्रियका कार्कीले विहिवार ललितपुर जिल्ला अदालतमा कानुनी विवाह गरेका छन् । उनीहरुले अदालतमा न्यायधीसको अगाडी आफुहरुलाई पति पत्नीका रुपमा स्वीकार गर्दै हस्ताक्षर गरेका छन् । विवाह पछि खिचाइएको तस्बिर सार्वजनिक भएको छ । यो प्रेम जोडीको विधिपूर्वक बिहे भने आज शुक्रबार हुँदै छ। प्रियंकाले बिहीबार आप्mनो पछिल्लो जन्मदिनसमेत मनाएकी छिन् । सामाजिक रुपमा शुक्रबार लगनगाँठो कस्ने तयारीमा रहेका उनीहरु यसको अघिल्लो दिन बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी विवाह गरेका हुन् । अदालत परिसरमै उनीहरुले एक अर्कालाई मालासमेत लगाइदिएका छन् । केही दिन अघि उनीहरुले मेहेन्दी, संगीत समारोह आयोजना गरेका थिए । प्रियंका र आयुष्मान दुवै जनाले यस अघि ब्याचलर पार्टी पनि दिइसकेका छन् ।

यिनीहरुको ब्याचलर पार्टीका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको थियो । पारिवारीक कारणले रोकिएको विवाहको मिति तय भएपछि दुवै जना त्यसको तयारीमा जुटेका थिए । यस अघि नायिका आँचल शर्माले आफ्ना प्रेमीसंग विवाहको मिति तय गरिसकेकी छन् । उनीहरुको पनि औंठी साटासाटको कार्यक्रम भब्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिल्ली ट्रान्जिटमा परराष्ट्रमन्त्री खनाल, नियोग उपप्रमुख डा.थापाले गरे विमानस्थलमा स्वागत

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

सम्बन्धित

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

एपस्टिन प्रकरणमा नर्वेकी युवराज्ञी मेट्टे–मारिटको पहिलो सार्वजनिक प्रतिक्रिया : “म झुक्याइएकी थिएँ”

सामाजिक सञ्जाल केवल अभिव्यक्ति मात्र नभएर एक दोषपूर्ण र खतरनाक उत्पादन हो : विज्ञ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com