ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाघ हेर्ने मन छ : बाँके निकुञ्ज आउनुहोला


एबीसी न्यूज


बाँके, १६ फागुन । तपाईँलाई बाघ हेर्ने रहर छ ?  छ भने बाँके राष्ट्रिय निकुञ्जमा आउनुस्, धेरै बेर हिँड्नै पर्दैन, बाघ देखिहाल्नुहुन्छ । निकुञ्जको जीप सफारीमा जाने टोलीले एक घण्टा घुम्न नपाउँदै बाघ देख्न थालेपछि यतिबेला बाघ हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् ।

निकुञ्जको जलसेनी र परुवाखोलाबीचको जङ्गलपथमै बाघ देखिन्छ । “जङ्गलपथमै बाघ देखिएपछि पर्यटकहरु खुशी भएका छन्”, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले भन्नुभयो, “बाघ हेर्नका लागि धेरै मेहनत गर्नुपर्दैन ।’ गाभरबाट प्रवेश गर्ने टोली बाघ हेरेर ओभरी हुँदै निस्कने गरेको गाभर भ्यालीका नेचर गार्ड कलबहादुर चौधरीले बताउनुभयो ।

“बाघ देखिँदा आनन्द महसुस हुने गरेको छ”, गाभर भ्याली घरवास (होमस्टे) का सञ्चालक कृष्ण चौधरीले भन्नुभयो, निकुञ्ज छिरेको केहीबेरमै बाघ देखिएपछि पर्यटकहरु खुशी हुन्छन् ।” बाँके राष्ट्रिय निकुञ्जले बर्दिया, सल्यान र दाङको सीमा छोएको छ । निकुञ्जमा आहाराजन्य जनावरको उल्लेख्य वृद्धि र दुर्लभ वन्यजन्तु चौकासमेत रहेको चौधरीले बताउनुभयो ।

निकुञ्जमा सहजै बाघ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । कैलाश मानसरोवर, रारा, स्वार्गद्वारीसम्म जाने पर्यटक नेपालगञ्ज आउने गर्दछन् । नेपालगञ्जमा बास बस्ने गरेका पर्यटकलाई बाँके राष्ट्रिय निकुञ्जको बाघ देखाउन लैजाने वातावरण बनाउन सकेमा यहाँको पर्यटन व्यापार बढ्ने जानकार बताउँछन् ।

यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यहीँ निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला आउजाउ गरिन्छ । त्यसैले यो पर्यटकका लागि ‘ट्रान्जिट प्वाइन्ट’का रूपमा विकास भइरहेको छ । दुई वर्षअघि निकुञ्जमा जम्मा चार जना पर्यटक आएका थिए । आर्थिक वर्ष २०७५÷७६ मा १६० पर्यटक आएको निकुञ्जको तथ्याङ्कले जनाएको छ । ती मध्ये १४८ आन्तरिक , ११ सार्क मुलुकका र एक विदेशी पर्यटक रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिनुभयो । निकुञ्ज घोषणा भएको आठ वर्षको अवधिमा शून्य अवस्थाबाट अहिले बाघको सङ्ख्या २१ पुगेको छ । नेपाल भ्रमण वर्ष २०२० मा बाँके निकुञ्जलाई मुख्य गन्तव्यका रुपमा छनोट गरिएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेश प्रवेशविन्दुका रूपमा रहेकाले पर्यटकलाई पूर्वपश्चिम राजमार्ग भएर ओहोरदोहोर गर्ने निकुञ्ज घुमफिर गरेर फर्किन सहज वातावरण मिलाइएको उहाँले जानकारी दिनुभयोे । “बाँके निकुञ्ज पर्यटकको ट्रान्जिट हुँदैछ”, प्रमुख संरक्षण अधिकृत भट्टराईले भन्नुभयोे, “कम खर्च र छोटो समयमा पर्यटकले निकुञ्ज घुम्ने अवसर पाउनेछन् ।”

पछिल्लो समय बाघको सङ्ख्या बढदै गएपछि चासो बढेको उहाँले सुनाउनुभयो । निकुञ्जमा हात्ती सफारीको व्यवस्थासमेत मिलाइएको छ । मुख्य आकर्षण वन्यजन्तुसँगै यहाँको चुरिया रेन्जको लोभलाग्दो दृश्य र त्यहाँ हाइकिङ गर्न सकिने हुँदा निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको गाभर भ्याली सामुदायिक घरवासका सञ्चालक कृष्ण चौधरी बताउनुहुन्छ । “यहाँ ससाना चुरे शृङ्खला छन्”, उहाँले भन्नुभयो, “दृश्य हेर्न आउने स्थानीय पर्यटकको घुइँचो लाग्छ ।” आन्तरिक पर्यटकसमेत घुमफिर गर्न मन पराउन थालेपछि घरवास र निकुञ्जको महत्व बढ्दै गएको उहाँको अनुभव छ । निकुञ्ज वरिपरि तीन निजी थारू घरवास र १७ घरमा सामुदायिक घरवास सञ्चालित छन् ।

गाभर घरवासले गर्दा पनि निकुञ्जमा पर्यटक बढिरहेका छन् । बिदाको दिन गाभर घरवासमा जाने र निकुञ्ज घुम्नेको सङ्ख्या बढिरहेको छ । निकुञ्जमा आउने पर्यटकलाई नै मध्यनजर गरेर आसपासमा ठूल्ठूला होटल र घरवास बनिरहेका छन् । सरकारले बाघको सङ्ख्या दोब्बर बनाउने रणनीतिअनुसार बाँके निकुञ्जमा सोचेजस्तै प्रगति भइरहेको निकुञ्जले जनाएको छ ।
बाघ संरक्षणको लागि बनाइएको बाँके राष्ट्रिय निकुञ्जमा बाघसँगै विश्वमै दुर्लभ मानिएको चौका यहाँ देख्न सकिन्छ । बाघका आहारा प्रजातिको सङ्ख्या उल्लेख्य रहेको छ । निकुञ्जमा सहजै बाघ देख्न सकिने भएपछि पर्यटकको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । पर्यटकको आकर्षण बढाउन बिभिन्न गतिविधि हुँदै आएका छन् ।

निकुञ्जमा आइपुगे ‘सौराहगज’ र ‘चमचमकली’

पछिल्लो समय निकुञ्जमा दुई हात्ती थपिएको छ । पर्यटनको विकास र निकुञ्ज संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसराबाट ‘सौराहगज’ र ‘चमचमकली’ नाम गरेका दुई हात्ती ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिनुभयो । यसअघि निकुञ्जमा चार हात्ती थिए । नयाँ थपिएसँगै अब हात्तीको सङ्ख्या छ पुगेको छ । उहाँका अनुसार निकुञ्जमा पर्यटकलाई हात्ती सफारी गर्नेदेखि गस्तीमा समेत सहजता हुनेछ । प्रदेश नं ५ मा नेपाल भ्रमण वर्षको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जबाट शुरुआत गरिएपछि पर्यटकको आकर्षण बढिरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com