ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलिकोप्टरबाट सामग्री झरेपछि स्थानीयवासी चिन्तित


एबीसी न्यूज
फाल्गुन १६, २०७६ शुक्रबार  ९ : १५ बजे


सोलुखुम्बु, १६ फागुन  उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो ।

टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट पटक पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गर्नुभयो । सोही गाउँका टेण्डी शेर्पाले सुरक्षित ढुवानीका लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफूहरुको सुझाव कार्यान्वयन नभएकोमा गुनासो गर्नुभयो । उहाँले सुरक्षित ढुवानी गर्नेतर्फ कम्पनीले ध्यान नदिँदा मानवीय क्षति भएमा जिम्मेवारी नियमनकारी निकायले लिनुपर्छ भन्नुभयो ।

सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुडाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माणलगायत दैनिक उपभोग्य वस्तु ढुवानी भइरहेको छ । निर्माण सामग्रीसहित काठसमेत झुण्ड्याएर ढुवानी हुँदा सुरक्षा जोखिम बढ्ने स्थानीयवासीको गुनासो रहेको छ । नेपाल नागरिक उड्डयन ऐन २०७३ मा विमानस्थलका अधिकारप्राप्त कर्मचारी वा सुरक्षाकर्मीबाट खनतलासी नगराई कुनै पनि यात्रु, मालसामान, डाँक आदिलाई विमानस्थल निषेधित क्षेत्रमा प्रवेश गराउनु वा वायुयानबाट ओसारप्रसार गर्नु÷गराउनु हुँदैन भन्ने उल्लेख छ ।
सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उडान तथा अवतरणको विषय आफूहरुको क्षेत्राधिकारभित्र नभएको जानकारी दिनुभयो ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पाछिरी शेर्पाले गाउँपालिकामा सडकको पहुँच नपुगेकाले हेलिकोप्टरबाट सामान ढुवानीको विकल्प नभएको बताउनुभयो । उहाँले ढुवानीको गर्दा सम्बन्धित कम्पनीले ध्यान दिन आग्रह गर्नुभयो । जस्तापाता खसेको विषयमा छानबिन गर्न चालक गुन्जमान लामाको नेतृत्वमा गठित तीन सदस्यीय टोलीले आइतबार हेलिकोप्टरमार्फत टाक्सिन्दु पुगेर अवलोकन गरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारीले जानकारी दिनुभयो ।

सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक टेकुनन्द इवा लिम्बूले भन्नुभयो, “हाम्रो सुरक्षा समितिको बैठकले पनि आवश्यक छलफलपछि निर्णय गर्छौँ, अहिलेलाई ढुवानी बन्द गरिएको छ ।”यस विषयमा कैलाश एयरका व्यवस्थापक प्रतापजङ्ग पाण्डेसँग कुराकानी गर्न खोज्दा फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com