ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहन्छन् : अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साम्यवादसम्म नपुग्दा पार्टीभित्र विवाद र वहस भइरहने बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले त्यस्ता विवाद, बहस र सङ्घर्षलाई सहजै स्वीकार गर्नुपर्ने बताउनुभयो ।

“हामी कतिपयलाई लाग्छ यो बडो शान्त भइदिए हुन्थ्यो, शिष्ट भइदिए हुन्थ्यो, नेता कार्यकर्ताबीच अनावश्यक विवाद र बहस नभइदिए हुन्थ्यो, सबै मिलेर एकजुट भएर हिँडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ”, पार्टीको विचार सङ्घर्षप्रति इङ्कित गर्दै उहाँले भन्नुभयो, “कार्यकर्ता र जनतलाई त्यस्तो लाग्ने एउटा कुरा हो, त्यस्तै होस् भन्ने हाम्रो चाहना पनि हो, तर जुन दिन यो साँच्चै शान्त, एकजुट र विवादरहित साँच्चै त्यस्तै भएदेखि यो पार्टी चाँहिदैन, जुन दिन विवारहित हुने दिन आउँछ, त्यो साम्यवाद हो ।”

पार्टी एकतामार्फत जनताका आशा र अपेक्षालाई नयाँ उचाइमा उठाइएको जिकिर गर्दै अध्यक्ष प्रचण्डले जनताको अपेक्षामाथि तुसारापात हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । कम्युनिष्ट पार्टी भनेको कुनै जमेको पोखरीको पानी जस्तो नभएको टिप्पणी गर्दै उहाँले नेकपा गड्गडाउने खोला जस्तो ठोक्किँदै, भत्काउँदै साम्यवादतिर लम्कने पार्टी भएको बताउनुभयो ।

विचार, विधि र नेतृत्वको सम्मिलनबाटै पार्टी एकता सम्भव भएको उल्लेख गर्दै पार्टी एकताले नेपालको राजनीतिक मार्गचित्र बदलेको बताउनुभयो । उहाँले भन्नुभयो, “एकतापछि कम्युनिष्ट पार्टीलाई दुईतिहाईको ठाउँमा ल्याएर देशको शासन सत्ताको नेतृत्व गर्ने, जनताको भरोसा जित्ने र आफ्नो प्रतिस्पर्धीलाई लोकप्रिय मतले पराजित गरेर ऐतिहासिक उदाहरण हामीले प्रस्तुत गरेका छौँ ।”

पाटीभित्रको बहसबारे सञ्चार माध्याममा आएको कुरालाई विश्वास नगर्न अनुरोध गर्दै अध्यक्ष दाहालले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेकाले ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । “दुई अध्यक्ष विवाद त गर्छौं । निकै नै परेको जस्तो गरी विवाद पर्छ । तपाईंहरुनै तर्सने जसरी । तर, विवाद समाधान गरेका त छौँ”, उहाँले भन्नुभयो, “अहिले पनि केही विषयमा केके हो भन्ने आएको छ । मिडियामा आएको जसरी पछि नलाग्नु होला । हामी बसेर समस्या समाधान गर्छौँ ।” अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com