काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक अडियो प्रकरणबारे बोल्ल्नु भएको छ । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालेआफ्नाविरुद्ध बात लागेपछि राजीनामा दिएको बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओलीले भन्नुभयो , ‘आफूमाथि बात लागेपछि गोकुल बास्कोटाले राजीनामा दिनुभएको हो । आरोप लागेको छैन, मुद्दा लागेको छैन ।’ बास्कोटा स्वंयमले अडियो आफ्नो नभएको र न्याय खोज्छु भनेको उहाले सुनाउनुभयो । भ्रष्टाचार भए नभएको छानबिन हुने भन्दै उहाले भन्नुभयो , ‘यो आन्दोलनलाई बद्नाम गर्ने र नेताहरुको चरित्र हत्या गर्ने षड्यन्त्र भइरहेको छ ।’
यदि भ्रष्टाचार भएको भए कारबाही गर्ने तर झुटो आरोप लगाएको भए त्यसको प्रतिवाद गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्