लहान, १५ फागुन । सिरहाको बरियारपट्टि गाउँपालिका १ स्थित कचनारी गाउँको विभिन्न ठाँउबाट प्रहरीले अबैध मदिरा बरामद गरि नष्ट गरिएको छ । बरियारपट्टि गाउँपालीका वडा नम्बर १ कचनारी गाँउको विभिन्न ठाँउ बाट अत्यधिक मात्रामा अबैध मदिरा नष्ट गरेको हो । ईलाका प्रहरी कार्यलय महेसपुर पतारी र प्रहरी चौकी कचनारीको सक्रीयतामा कचनारी गाँउको विभिन्न ठाँउ बाट करिब ८ हजार लिटर अबैध मदिरा गरेको ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख निरीक्षक अर्बिन्द कुमार साहले बताउनु भयो ।
नजिकीदै गरेकोे होली पर्वमा घट्न सक्ने घटनाहरुलाई मध्यनजर गर्दै र अबैध मदिरा नियन्त्रण तथा रोकथाम गर्ने उदेश्य अनुरुप प्रहरीले छापा हान्दा अत्याधिक मात्रामा मदिरा भेटिएको निरीक्षक साहले बताउनुभयो । सिरहा जिल्लामा हुने अपराधिक गतिविधी विभिन्न हिंशाका घटनाहरु मध्ये ८० प्रतिशत घटनाहरु मदिराका कारण घट्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपि उमा प्रसाद चतुर्बेदीले बताउनु भयो ।
अपराधिक गतिविधी रोक्न र महिला माथि हुने हिंशा रोक्नका लागि अबैध मदिरा लाई बन्द र अरु मदिरालाई नियन्त्रण गर्न आवष्यक रहेको एसपी समेत चतुर्बेदीले बताउनु भयो । मदिरा न्यूनिकरणका लागि जनप्रतिनिधी तथा स्थानीय निकायले जनचेतना फैलाउने, स्वरोजगारका कार्यक्रमहरु दिदा अबैध मदिरालाई नियन्त्रण गर्न सकीने एसपी चतुर्बेदीको भनाई छ । मदीराका कारण महिलाहरुले एकल जीवन निर्वाह गर्नु पर्ने, महिलाहरुले आत्महत्या गर्नु पर्ने लगायतका थुप्रै समस्या हुने गरेको महिला अधिकारकर्मी हरुको भनाई छ । महिला अधिकार मञ्चमा आउने अधिकांश घटनाहरु मध्ये ८०/ ९० प्रतिशत कुटपिटका घटना मदिराका कारण नै हुने गरेको आफुले पाएको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्