काठमाडौं, १५ फागुन । नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा पर्नु भएको छ ।
महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो । उहाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईले जानकारी दिनुभयो । मैनालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्