बझाङ, १४ फागुन बझाङमा सुस्तमनस्थिति वालीकालाई गर्भवती वनाएको आरोप लागेका दुई जना शिक्षक फरार भएका छन ।
बझाङ जिल्लाको दुर्गाथली गाँउपालीका वडा नँ ४ थलीचौर उच्च माध्यामिक बिध्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र भैरव निमावीमा कार्यरत शिक्षक वसन्तराज जोशी फरार भएका छन ।
आफ्नै नाता पर्ने लाग्ने अन्ताजी अठार वर्षिय नाम परिवर्तन रमा जोशीलाई जवजस्ती करणी गरी गर्भवती वनाएको र आरोप लागेका दुवैजना शिक्षक फरार भएका हुन । पिडित जोशी अहिले सदरमुकाम चैनपुरमा रहेको सुरक्षीत आवास गृहमा वसेकी छन । उनको पेटमा आठ महिनाको बच्चा समेत रहेको छ ।
सनिवार जिल्ला प्रहरी कार्यालय बझाङमा निवेदन दिएपनी प्रहरीले पक्राउ गर्न नसेको पिडितका आफन्तहरुर्ले बताएका छन । यस बिषयमा कुराकानी गर्दा जिला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमका अनुषार दुवै जनालाई पक्राउ गर्न प्रहरी परीचालन गरिसेको र दुवैलाई जसरी भएपनी पक्राउ गरी कारवाहिको दायरामा ल्याउने बताए ।
प्रतिक्रिया दिनुहोस्