ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा प्रधानमन्त्री ओलीको ६९औं बर्थडे सेलिब्रेशन


एबीसी न्यूज

काठमाडौं,११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार निवासमा ६९औं जन्मदिवस मनाउनु भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बालुवाटार निवास पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिनु भएको छ । उहाल सगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी हुनुहुन्छ ।

आज विहान प्रधानमन्त्री ओलीलाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै बालुवाटारमा प्रधानमन्त्री ओलीको ुबर्थे केकु काटिएको थियो। बर्थडे सेलिब्रेसन गरेलगत्तै प्रधानमन्त्री ओली पाँचथर पुग्नु भएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट उहा पाँचथर आइपुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

इतिहास बोकेको यो घर


ढुंगामाटोले बनेको पुरानो घर । जसले झण्डै सय वर्षअघिका नेपालको पूर्वीभागमा निर्माण हुने ग्रामीण घरहरुको प्रतिनिधित्व गर्छ । दुईतले घर, जमिनको सतहभन्दा अलिमाथिसम्म रातो माटोले पोतिएको छ । एउटा मुल ढोका छ । झ्यालहरु छैनन् । मुलढोकाको छेउमा एउटा सानो पिरामिड आकारको प्वाल छ । सायद त्यो त्यतिबेलाको झ्याल राख्ने शैली हुनुपर्छ । बाँकी बाहिरी भाग सेतो चुनले पोतिएको छ । माथिलो तलामा पनि उसैगरी ढोका राखिएको छ । सरा, सेफ्टीहरुमा बान्की नमिलेका काठपात प्रयोग गरिएका छन् । धुरीमा सानो झ्याल छ । खरले छाइएको घरको तल्लोपटि छाल्की तानिएको छ । त्यहाँ ढिकीको अवशेष बाँकी नै छ । यो घर सामान्य छ । तर, यसमा विशेष इतिहास जोडिएको छ ।

यही घरमा इतिहासकै शक्तिशाली प्रधानमन्त्री तथा देशकै सबै भन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको वि।स। २००८ फागुन ११ गते जन्म भएको हो । यहाँ ओलीको बाल्यकालका पदचापहरु आलै भेटिन्छन् ।

दशकौ‌ं गुमनाम यो घर केही बर्षयता एकाएक चर्चामा छ । ओली अहिले नेपालकै सबैभन्दा ठूलो दलको अध्यक्ष तथा इतिहासकै शक्तिशाली प्रधानमन्त्रीका रुपमा जन्माएको यो घर । यसै उहाँको थातथलोका बारेमा चर्चा हुने नै भयो । अर्को, जन्मघरप्रति पछिल्ला दिनहरुमा स्वयं प्रधानमन्त्रीकै चासो रही आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

१० ‘विकास नायक’ लाई सम्मान

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

सम्बन्धित

केपी ओलीको स्थान हद फुकुवा

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com