ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना देखिएका ९ देशका सबै बिरामीलाई स्वास्थ्य लाभ गरेर घर फर्किए , केही महिनामै भ्याक्सिन बन्न सक्ने


एबीसी न्यूज

काठमाडौं, ९ फागुन । नोवेल कोरोना (कोभिड–१९) भाइरसको संकेत देखिएका नेपालसहित नौ देशका विरामी स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् । नेपाल, श्रीलंका, फिनल्याण्ड, इजिप्ट, कम्बोडिया र बेल्जियममा एकर एक जनामा कोभिड–१९ को संकेत देखा परेको थियो ।

यस्तै, भारतमा तीन तथा स्पेन र रसियामा दुईरदुई जनामा कोभिड–१९ को लक्षण देखिएको थियो । शुक्रबार विहानसम्म यी ९ वटै देशका सबै बिरामी घर फर्किसकेका छन् ।

कोभिड–१९ देखिएका मध्ये १८ हजार ५८० जनालाई स्वास्थ्य लाभ भइसकेको छ । चीनसहित २० देशमा भने अझै पनि यो भाइरसको संकेत देखिएका छन् । यस्ता बिरामी चीनमा सबैभन्दा बढी ७५ हजार ४६५ जना छन् ।

सबै देशमा गरेर ७६ हजार ७३८ जनामा कोभिड(१९ को संकेत देखा परेको छ । त्यसमध्ये ५५ हजार ९११ जनामा मात्रै यो भाइरस सक्रिय रहेको एजेन्सीहरूले जनाएका छन् । उनीहरू मध्ये ४३ हजार ८४६ जनामा यसको हल्का असर मात्रै देखिन्छ ।

विश्वको ध्यान तानेको कोरोना भाइरसको उपचार अझै पत्ता लागिसकेको छैन । कोभिड–१९ विरुद्धको भ्याक्सिन पत्ता लगाउन विभिन्न पहल भइरहेका छन् ।

अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले भने केही महिनाभित्र कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध हुन सक्ने दाबी गरेका छन् । प्रोफेसर सराह गिलबर्ट नेतृत्वको टिमले कोभिड (२०१९ लाई थप फैलिनबाट रोक्न भ्याक्सिनको विकास अन्तिम चरणमा पुर्‍याएको हो ।

सुरुमा ट्रायलका लागि एक हजार डोज उत्पादन गरिने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com