ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

आनी छोइगं डोल्माको किर्ते नागरिकता, १८ करोड अवैध धन रोक्का (भिडियो)


एबीसी न्यूज
फाल्गुन २, २०७६ शुक्रबार  २ : ४१ बजे

काठमाडौं, २ माघ  । सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने । प्रतिष्ठा कमाएका चर्चितहरु नै नेपाली भूमिमा कालो धन भित्र्याएर सामाजिक सेवा र व्यवसाय गरेका छन् भन्दा पत्याउन गाह्रो होला तर यो सत्य हो । चर्चित गायिक आनी छोइङ डोल्मा  अबैध सम्पत्ती र कालोधनमा मात्र नभएर नागरिकता समेत किर्ते रहेको समेत रहस्य खुलेको छ । चर्चित गायिका आनी छोइङ डोल्माको कालो धन छानबीनको घेरामा पुगेको छ ।

प्रसिद्ध कवि दुर्गालाल श्रेष्ठको फूलको आँखामा फूलै संसार गीत गाएर चर्चाको शिखरमा पुगेकी वौद्ध धर्म अनुयायी आनी छोइङको नागरिकता किर्ते रहेको पाइएको हो । आनी छोइङ डोल्माको किर्ते नागरिकता, अवैध धन बैंकमा बन्द बुद्धमार्गीका नाममा दलाई लामको प्रचार आनी छोइङ समेत पहिलो पटक अमेरिका गएका तीनजना मध्ये उतै विवाह गरेर बसिन् । संसारभर आनीको कन्सर्ट, अवैध धन र किर्ते नागरिकतामाथि सरकारले छानविन शुरु गरेको हो ।

आनीको नागरिकता मात्र किर्ते मात्र छैन कि उनको जन्म, उनका माता, पिता र परिवारदेखि आनी बन्नेदेखि फर्पिङमा आनीहरुलाई पढाउन भनेर खोलिएको आर्य तारा स्कुलको आम्दानी र सहयोग समेत अनुसन्धानको घेरामा परेको छ । तिव्वती शरणार्थीको रुपमा नेपाल आएको आनी छोइङ डोल्माको परिवार हो भन्ने कुरा आनीले आफ्नो आत्मकथा र विभिन्न अन्र्वार्ताहरुमा बताएकी छन् । तर उनले नागरिकता भने बंशजको आधारमा भन्दै नक्ककी बाउ खडा गरेर लिएको पर्दाफास भएको छ ।

आनीले २०४६ जेठ १९ गतेको मितिमा काठमाडौं चपली भद्रकाली वडा नम्वर ६ का कान्छाबहादुर लामालाई बाउ बनाएर नागरिकता बनाएकी छन् । त्यही नागरिकताका आधारमा हालसम्म उनले विश्व भ्रमण र तिब्बती भगौडा दलाई लामाको अभियन्ता बनिरहेकी छन् । उनले किर्ते बाउ खडा गरी नागरिकता बनाएको थाह पाएपछि कान्छा बहादुर लामाका एक मात्र सन्तान छोरा प्रमान सिंह लामा (मंगाइ) ले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा आफ्नो परिवारको प्रतिष्ठा र इज्जतलाई आनीले बद्नाम गरेको भन्दै कारबाहीका लागि निवेदन दिएका छन् ।

विस्तृत जानकारी बिग न्यूजमा प्रसारण गरिने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रारम्भिक मतपरिणाम आउँदै, रास्वपाको उत्साहजनक लहर

रूपन्देही–२ मा रास्वपाका सुलभ खरेलको अग्रता, विष्णु पौडेल चार गुणाभन्दा बढी मतान्तरले पछि

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com