काठमाण्डौ, ७ मंसिर ।
नेकपा एमालेले निर्वाचनलाई प्रभावित तुल्याउने गरी कुनै पनि गतिविधि नगर्न सरकारलाई चेतावनी दिएको छ ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखैमा कर्मचारी सरुवा, बढुवा लगायतका निर्वाचन आचारसंहिता विपरितका काम भइरहेका बेला एमालेले त्यसो नगर्न सरकारलाई सचेत गराएको हो । एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले बिहिबार मुख्य सचिव लोकदर्शन रेग्मीसंग भेटगरी निर्वाचनको स्वच्छता कायम हुने गरी मतदाता, मतपेटिकाको सुरक्षा गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । निर्वाचन आचारसंहिताको पूर्ण पालना र निर्वाचनको स्वच्छताका लागि सुदृढ सुरक्षा व्यवस्था गर्न सरकारलाई पुनः आग्रह गरिएको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले जानकारी दिनुभयो । एमालेले मतदान भइसकेपछि संवेदनशील क्षेत्रबाट मतपेटिका ल्याउंदा राजनीतिक दलहरुको प्रतिनिधि पनि रहने व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्