दाङ, ७ मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन बिरोधी गतिबिधीमा सत्तारुढ नेपाली कांग्रेस र बिप्लप नेतृत्वको नेकपा माओबादीको सहकार्य रहेको बताउनुभएको छ ।
आज प्रेस चौतारी र प्रेस सेण्टरले दाङको घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै ओलीले हिजो सत्तारुढ कांग्रेस र निर्वाचन बिरोधी नेकपा माओबादी मिलेर निर्वाचन भांड्न लागेको बताउनुभयो । उहांले दोलखामा कांग्रेस र विप्लव पार्टीको संयुक्त बैठक बसेर निर्वाचन विरोधी गतिविधिमा तालमेल गर्ने कुरा भएको खुलासा समेत गर्नुभयो ।
निर्वाचनको दिन नजिकिंदै जांदा कांग्रेसले हतियार सहित समातीएकालाई छाड्न दवाब दिनु, प्रहरी प्रमुखको फेर्नु, प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गर्नु निर्वाचन भांडने षडयन्त्र नै भएको भन्दै ओलीले प्रधानमन्त्रीले द्धाडन भनेकाहरुलाई नछाडेकै कारण प्रहरी अधिकारीको सरुवा गरिएको आरोप लगाउनु भयो ।
प्रहरीको बढुवा, सरुवा, दिर्घकालिन महत्वका काममा हात हाल्ने, संघ संस्था दर्ता खारेजी जस्ता काम गरेर सरकारले आचारसंहिता उल्लंघन गरेको बताउंदै उहांले सरकारको काम निर्वाचन आयोगलाई निर्वाचन गर्न सघाउनु मात्र भएको जिकीर गर्नुभयो ।
अध्यक्ष ओलीले आजै दैलेखमा वामगठबन्धको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्