ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रक र ट्याक्टर ठोक्किदा चालकको मृत्यु


admin
माघ १८, २०७६ शनिबार  १ : ४३ बजे

वीरेन्द्रनगर,१८ माघ । वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत सुब्बा कुनास्थित ट्रक र ट्र्याक्टर जुध्दा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेत निवासी ३४ वर्षीय प्रेम कार्की रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।

प्रदेश अस्पतालमा उपचारको क्रममा उनको शुक्रबार बेलुका मृत्यु भएको प्रवक्ता बताउनुभयो । प्रवक्ता रावलका अनुसार शुक्रबार बिहान सुर्खेत विनपा–११ गङ्गा पेट्रोलपम्प नजिक सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको लु१ख ७६७० नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको भे१त ७५८९ नम्बरको ट्र्याक्टर एकापसमा ठोक्किएका थिए ।

उक्त घटनामा घाइते भएका ट्र्याक्टर सहचालक जुनीचाँदे गाउँपालिका–२ जाजरकोट निवासी ३२ वर्षीय कृष्णबहादुर शाहीको उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको जनाइको छ । ट्रकसहित ट्रक चालक तिलोत्तमा नगरपालिका–१६ रुपन्देही निवासी श्यामप्रसाद थारुलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

सम्बन्धित

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति, मिति तय हुन बाँकी

केही ठाउँमा हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

हंगेरीमा १६ वर्षपछि ओरबानको सिंहासन डगमगाउँदै

नागढुङ्गा–मुग्लिङ सडक अनुगमनमा गृहमन्त्री गुरुङः ‘काममा ढिलासुस्ती भए ब्ल्याक लिस्टमा राखिने’ चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com