ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई भरतपुर अस्पतालमा छुट्टै कक्ष


admin
माघ १८, २०७६ शनिबार  १ : २९ बजे

काठमाडौं, १८ माघ । छिमेकी राष्ट्र चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि यहाँको भरतपुर अस्पतालले उच्च सतर्कता अपनाएको छ । अस्पतालले शङ्कास्पद बिरामीको उपचारका लागि छुट्टै कक्ष खडा गरी उपचार शुरु गरेको छ ।

उपत्यका बाहिर धेरै बिरामीको चाप हुने भरतपुर अस्पतालमा पाँच श्ययाको छुट्टै कक्ष खडा गरी सेवा शुरु गरिएको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर श्रीराम तिवारीका अनुसार शङ्कास्पद बिरामीलाई अलग्गै परीक्षण गरी उपचार गर्नको लागि आइसोलेसन वार्ड खडा गरी काम शुरु गरिएको छ । अस्पतालको ए ब्लकमा कक्ष खडा गरिएको छ । अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक डा प्रमोद पौडेल र कल्याण सापकोटालाई सो कक्षको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । उहाँहरु दुवै फिजिसियन हुनुहुन्छ । परीक्षणबाट कुनै बिरामीमा कोरोना भाइरसको सङ्क्रमणको आशङ्का लागेमा नमूना सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने व्यवस्था मिलाइएको छ ।

बिरामी र सर्वसाधारणको लागि कोरोना भाइरससम्बन्धी चेतनामूलक सामग्री बनाई प्रकाशन एवं प्रसारणको प्रक्रिया शुरु गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनुभयो । नियमितरुपमा साबुनपानीले हात धुने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, वन्यजन्तु तथा घरपालुवा पशुपक्षीसँगको असुरक्षित सम्पर्कबाट टाढा रहनेजस्ता काम गरेमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सकिनेछ । यस्तै खोक्दा वा हाँछ्यु गर्दा नाक र मुख छोप्ने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु तथा अण्डा राम्रोसँग पकाएर मात्र खान पौडेलले सुझाव दिनुभयो । अस्पतालले त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीका लागि कोरोना भाइरससम्बन्धी विशेष प्रशिक्षण एवं अन्तक्र्रिया कार्यक्रम गर्ने जनाएको छ ।

केन्द्रीय अस्पतालका रुपमा रहेको भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । गत वर्ष तीन लाखभन्दा बढी बिरामीले अस्पतालबाट सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

सम्बन्धित

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

झलनाथपत्नी रविलक्ष्मीलाई जेन–जी आन्दोलनमा आगजनी गर्ने युवकविरुद्ध मुद्दा दायर

लामिछानेविरुद्धको अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पठाउने आदेश

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com