ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभापति देउवाद्वारा कोरोना सङ्क्रमणबाट सतर्कताका लागि अपिल


admin

काठमाडौ, १७ माघ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीनको वुहान सहरका नेपालीलाई उद्धार गर्न सरकारलाई अनुरोधसहित कोरोना सङ्क्रमणबाट सतर्कताका लागि सार्वजनिक अपिल गर्नुभएको छ । उहाँले आज वक्तव्यमार्फत कोरोनाका कारण जीवन गुमाएका सबै चिनियाँ नागरिकको परिवार र चीन सरकारप्रति काँग्रेसका तर्फबाट समवेदना व्यक्त गर्दै भाइरस नियन्त्रणका लागि चीन सरकारले गरिरहेको प्रभावकारी प्रयासको प्रशंसा गर्नुभएको छ ।

चीनको वुहान शहरमा देखिएको प्राणघातक कोरोना भाइरसको प्रकोपले कैयाँैको मृत्यु भइसकेको छ भने यसबाट हजारौँ सङ्क्रमित भएका छन् । अन्तर्राष्ट्रिय रुपमा कोरोना सङ्क्रमण फैलिन शुरु भएको स्थितिमा विश्व स्वास्थ्य सङ्गठनद्वारा घोषित सङ्कटकाल र सङ्क्रमण सामना गर्न अन्य राष्ट्रले शुरु गरेको सम्पूर्ण सतर्कतासँगै नेपालले राख्नुपर्ने सतर्कता र सरकारले युद्धस्तरमा निर्वाह गर्नुपर्ने कर्तव्यबारे सजग गराउँदै सभापति देउवाले सार्वजनिक अपिल गर्नुभएको हो ।

सभापति देउवाले कोरोना भाइरस सङ्क्रमणको जोखिम र पूर्वसतर्कताबारे नेपाल सरकारले विविध माध्यमबाट नागरिक पङ्क्तिमा व्यापक सूचना सम्प्रेषण गर्न जरुरी रहेको उल्लेख गर्नुभएको छ । उहाँले नागरिकलाई सुसूचित गर्ने अभियानमा साझा दायित्वका साथ महत्वपूर्ण भूमिका निर्वाह गर्न काँग्रेसका नेता तथा कार्यकर्तासँगै सबै राजनीतिक दल, सङ्घसंस्था र सञ्चारमाध्यमहरुलाई विशेष आग्रह गर्नुभएको छ । नेपाल प्रवेशका सबै अन्तर्राष्ट्रिय नाकामा विशेष ‘हेल्थ डेस्क’ प्रभावकारी ढङ्गले सञ्चालन गर्न अपिल गर्दछु, ताकि कोरोना भाइरसको नेपाल प्रवेशलाई रोक्न सकियोस् । कैयौँ देशले चीनको वुहान शहरबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेको विवरण आएका छन् तर त्यहाँ रहेका करीब १०० नेपाली विद्यार्थीसँगै अन्य नेपालीलाई स्वदेश फर्काउन सरकारले कुनै गम्भीरता नदेखाउनु दुःखद र आपत्तिजनक छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउँदै वुहानका नेपालीलाई यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध मिलाउन म सरकारलाई अनुरोध गर्दछु’, सभापतिको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले वुहानबाट नेपालीलाई उद्धार गरेर ल्याएपश्चात् स्वास्थ्य परीक्षणको प्रतिवेदन आउने निश्चित अवधिभर अलग्गै राख्ने शिविरको प्रबन्ध गर्न सरकारले तत्काल कार्य शुरु गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । सङ्क्रमण परीक्षणका लागि तत्काल राजधानीमा अलग्गै केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता रहेको बताउँदै सभापति देउवाले यसलाई गम्भीरतापूर्वक सोहीअनुसार कार्य गर्न सरकारलाई सचेत गराउनु भएको छ । उहाँले कोरोना भाइरसको प्राणघातक सङ्क्रमणप्रति संयमपूर्वक सतर्कताका लागि काँग्रेस पार्टीका तर्फबाट स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा विशेष अपिल पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com