काठमाडौ, २१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै भारतको भ्रमण गर्नुहुने भएको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति छिट्टै तय गर्न दुवै मुलुक तयार रहेको जानकारी दिनु भएको हो । तीन दिने भारत भ्रमण पुरा गरी मंगलबार स्वदेश फर्कनु भएका उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै प्रधानमन्त्री देउवालाई स्वागत गर्न भारत आतुर रहेको पनि बताउनुभयो । परराष्ट्रमन्त्री महराले दुई देशले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारीको कामलाई तीव्रता दिएको पनि उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महराले आफ्नो भारत भ्रमण दुई मुलुकबीचको सम्बन्ध अझै सुदृढ बनाउन सफल भएको दावी पनि गर्नुभयो । उहाँले अव भारतको लगानीमा संचालित नेपालका परियोजनाहरुको सफल कार्यान्वयन हुने विश्वास पनि व्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्