
काठमाडौं, १४ माघ । सोमबार बिहान प्रहरी हिरासतमा परेकी गायिका आस्था राउतलाई सरकारी वकिल कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ ।
राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो । सोमबार साँझ ८ बजेसम्म काठमाडौं परिसरमा रहेकी राउतले आफू हिरासतमा नबस्ने भनेपछि त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको थियो ।








प्रतिक्रिया दिनुहोस्