ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालकै होचो स्थान कचनकवल रिङ रोडको काम चार बर्षपछि बल्ल सुरु (भिडियोसहित)


admin

झापा, ६ माघ । नेपाल भ्रमण बर्ष सुरु भए पनि सडक सञ्जालसँगै पर्यटकीय क्षेत्रबाटै ओझेलमा परेको नेपालकै होचो भु–भाग कचनकवल स्तम्भ पुग्ने चाराआली–केचना रिङ रोडको काम बल्ल सुरु भएको छ । आर्थिक बर्ष २०७३/७४ मा ठेक्का लागेको चाराआली–केचना रिङ रोडको बजेट संघीय वा प्रदेश सरकार कसले छुट्टाउने बिषयमा ओझेलमा परेको थियो । अन्तत संघीय सरकारले सो सडक बनाउने बजेट विनियोजन गरेपछि रिङ रोडको काम शुरु भएको हो ।

झापाको कचनकवल गाउँपालिका ४ स्थित नेपालकै होचो भु–भाग कचनकवल स्तम्भसम्मको गन्तव्य पुग्ने कालोपत्रे सडक नहुँदा आन्तरिक तथा बाह्य पर्यटकले समस्या भोग्नु परेको थियो । भारतीय सीमावर्ती नाका नजिकै पर्ने कचनकवल स्तम्भको पर्यटकीय संम्भावनालाई ख्यालमा राख्दै सरकारले आर्थिक बर्ष २०७३।७४ मा कचनकवल स्तम्भ भएर जाने रिङ रोड बनाउने योजना अघि सार्यो । सोही योजना बमोजिम सरकारले ठेक्का लगायो । तर, सरकारले ठेक्का लगाएको चाराआली–केचना रिङ रोडको काम चार बर्षपछि बल्ल सुरु भएको छ । केचना सीमाबाट कचनकवल स्तम्भ हुँदै सुकुनाडागीको चाराआली केचनक सडकसम्म जोड्ने रिङ रोडको काम अहिले बल्ल भइरहेको छ । २०७३।७४ मा रकमको सुनिश्चिता नगरी सरकारले धेरै बहुबर्षीय योजनाका कामहरु सुरु गरेको थियो । सोही योजनामा यो सडक परेको झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद राजेन्द्र लिङदेनले बताए ।

डिभिजन सडक कार्यालय दमकले मेची राजमार्गको केचना–चाराआली जोडने रिङ रोडको ठेक्का लगाएको हो । निर्माण कम्पनी लामा÷वाम्ती÷बल्र्ड जेभीले २०७३ साल माघ २२ गते ठेक्का सम्झौता गरेको थियो । १६ करोड ३६ लाख ५० हजार ७५५ रुपैयाँ लागत रकम रहेको सो रिङ रोड निर्माण कम्पनीले ३० महिनामा सम्पन्न गर्ने गरी १२ करोड १२ लाख ९४ हजार २८१ रुपैयाँमा ठेक्का लिएको हो । ८ दशमलव २ किलोमिटरको रिङ रोडमा ह्युमपाईप तथा स्ल्याब कल्भर्ट निर्माण हुनेछ । रिङ रोड बनाउने काम संघीय कि प्रदेश सरकारले गर्ने दोधारमा रहेकोले यसको बजेट सुनिश्चिता हुन नसक्दा लामो समयसम्म निर्माण कार्य रोकिएको डिभीजन सडक कार्यालय दमकका सव इन्जिनियर सरोज सुवेदीले बताए ।

रिङ रोडको गाभ्रेल सडक बनाइने पहिलो चरणको बेसको काम यसअघि नै सम्पन्न भइसकेको छ । सडक पर्नेमा ह्युमपाईप तथा स्ल्याब कल्भर्टमध्ये केहि निर्माण भइसकेको छ, भने केहि बनाउन बाँकी छ । अहिले सडकलाई समयाउने काम धमाधम भइरहेको निर्माण कम्पनीका प्राविधिक बैधनाथ महतोले जानकारी दिए । कचनकवल स्तम्भ जोडने रिङ रोडको काम सुरु भएसँगै गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीय हर्षित देखिएका छन् । स्तम्भ जोडने रिङ रोड बनेपछि गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटन भित्राउने संम्भावना धेरै रहेको छ । योजना बमोजिम अहिले गाउँपालिका कचनकवल स्तम्भ तथा केचना झिल व्यवस्थापन गुरु योजनामै जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com