
धादिङ,३ माघ । धादिङमा एक दम्पत्ती दुई छोरा सहित त्रिशुली नदीमा हाम फालेका छन् । ६ महिना र २ वर्षका दुई छोरासहित एक दम्पती बिहीबार साँझ त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । धादिङको बेनिघाट रोराङ–१ स्थित झोलुङ्गे पुलबाट उनीहरु छोराहरु सहित त्रिशुली नदीमा हाम फालेका हुन् ।काठमाडौंको थानकोटका विनय लामिछाने र श्रीमतीले २ छोरासहित त्रिशुली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । धादिङ प्रहरी प्रमुख रविन्द्र रेग्मीका अनुसार विनयको सकुशल उद्धार भएको छ। प्रारम्भिक अनुसन्धानमा उनले कमोडिटी अनलाइन बिजेनेशमा १ करोड भन्दा धेरैको घाटा व्यहोरेपछि यस्तो अप्रिय निर्णयमा पुगेको देखिएको प्रहरीले जनाएको छ । श्रीमती मृत फेला परेकी छिन् भने दुई सन्तान बेपत्ता छन्। उद्धार गरिएका विनयको उपचार भइरहेको छ।
बेपत्ताको खोजी भइरहेको एसपी रेग्मीले जानकारी दिए। श्रीमती र छोरा सहित ससुरालीवाट घर फर्कन हिडेका विनय किन परिवार सहित त्रिशुली नदिमा हाम फाले भन्ने कुरा भने खुल्न सकेको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार विनय परिवारसहित गोरखाको ध्याल्चोकस्थित ससुराली पुगेर घर फर्कँदै थिए। बिहीबार साँझ साढे ६ बजे घटना भएको प्रहरीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्