ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन क्षेत्रका माध्यमबाट वार्षिक दुई लाखलाई रोजगारी– मन्त्री भट्टराई


admin
पुस २७, २०७६ आईतबार  ७ : ४७ बजे

काठमाडौं, २७ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रका माध्यमबाट वार्षिक दुई लाखलाई रोजगारी सिर्जना गरिने बताउनुभएको छ । सिन्धुलीगढीमा आज प्रेस सङ्गठन नेपाल सिन्धुली शाखाले गरेको पत्रकार सम्मेलनमा उहाँले हरेक वर्ष कम्तीमा पनि दुई लाखलाई रोजगारी सिर्जना गर्ने उद्देश्यले भ्रमण वर्ष २०२० शुरुआत गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिव ४४ डलर प्रतिदिन एउटा पर्यटकले खर्च गर्दछ, यसलाई बढाएर ८० डलर बनाइने लक्ष्य रहेको र नयाँ नया पर्यटकीय स्गलको पहिचान र पर्यटकका लागि गन्तव्य विकास गर्ने अभियानका साथ भ्रमण वर्ष मनाइरहेका छौँ, नयाँ पर्यटकीयस्थलका रुपमा नेपालको पहिचानका रुपमा आउनेछन्, नयाँ गन्तव्यमा सिन्धुलीगढी पनि हो र यसलाई पर्यटकको गन्तव्यका रुपमा विकास गर्न निरन्तर लागि परेका छौँ ।” साथै नेपालका पदमार्ग बनाउनेसमेत सङ्कल्प रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सिन्धुलीगढी, हरिहरपुरगढी जोड्ने पदमार्गजस्ता देशैभर पदमार्ग बनाउने र यसले आन्तरिक पर्यटक बढाउने नै छ र बाह्य पर्यटक भित्र्याउन मन्त्रालयले आवश्यक काम गरिरहेको छ ।”

भ्रमण वर्ष २०२० ले आत्मबल बढाउने, मनोविज्ञान बढाउने छ र एकदशक नेपालको पर्यटनका निम्ति काम गर्नुपर्ने उहाँले बताउनुभयो । “यहाँका पर्यटकीयस्थलको खोजी, संरक्षण, विमानस्थलको निर्माण, सडक यातायातको स्तरोन्नति गर्दै पर्यटन मैत्री बनाउनुपर्नेछ”, पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “आम नेपालीलाई पर्यटनका बारेमा जागरुप पैदा गर्नुपर्नेछ र २०२० नेपालको पर्यटन क्षेत्रका लागि आधार वर्षका रुपमा रहनेछ । यसमा सरकारले निजी क्षेत्रले लगानी गर्ने र अन्तरराष्ट्रिय लगानीसमेत जुट्ने अवस्था छ ।” काठमाडौँको नजिकका क्षेत्रबाट नजिक रहेकाले जिल्लावासीले यसको भरपुर प्रयोग गर्न जिल्लाका बासिन्दालाई आग्रह गर्नुभयो ।

सातै प्रदेशबाट शुरु भएको भ्रमण वर्ष २०२० मा ८० भन्दाबढी देशमा त प्रचारप्रसार भरहेको र विश्वभर अहिले प्रचारप्रसार भइरहेकाले २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य पूरा हुने यहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

मधेस प्रदेशः नवनियुक्त ५ मन्त्रीले लिए शपथ

सिंहदरबार प्रवेश गरेर होहल्ला गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com