ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब‘यु ट्युब’मार्फत प्रदेशसभाको बैठकका गतिविधि हेर्न र सुन्न सकिने


admin
पुस २७, २०७६ आईतबार  ७ : ३१ बजे

काठमाडौं, २७ पुस । यहाँस्थित सुदूरपश्चिम प्रदेशसभा भवनमा हुने प्रदेशसभा बैठक सञ्चालनका गतिविधि अब ‘यु ट्युब’मार्फत सुन्न र हेर्न सकिने भएको छ । प्रदेशसभाको पाँचौँ अधिवेशन बैठक आउँदो माघ ६ गते आह्वान भएका सन्दर्भमा हालसम्म भए गरेका कार्यबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सभामुख अर्जुनबहादुर थापाले आवश्यकताअनुसार ‘यु ट्युब लाइभ’ को व्यवस्थामार्फत प्रदेशसभा बैठक सञ्चालनका गतिविधिको प्रत्यक्ष प्रसारणका लागि यो प्रविधि जडान गरिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशसभाको यु ट्युबमार्फत वेभसाइड लग इन गरी सुन्न र हेर्न सकिने जनाइएको छ । यसअघि प्रदेशसभाको बैठकका गतिविधिको अडियोको रेकर्ड मात्र हुने गरेको थियो । प्रदेशका सबै नौवटै जिल्लामा प्रदेशसभाको सम्बन्ध स्थापना गर्नमा टेवा पु¥याउन, संसदीय गतिविधि जनतासमक्ष पु¥याइ सूचना आदानप्रदानका लागि प्रदेशसभाका साथै प्रत्येक जिल्लाका जिल्ला समन्वय समिति कार्यालयमा ‘भिडियो कन्फ्रेन्स’ समेत जडान गरिएको छ । प्रदेशसभा बैठकद्वारा भए गरेका गतिविधिको सूचना सम्प्रेषण गर्नमा सहजता ल्याउन ‘मिडिया सेन्टर’स्थापनाका साथै प्रदेशसभा सदस्य बस्ने टेबलमा ‘डिजिटल माइक’को व्यवस्था र प्रदेशसभाको ‘रेकर्डिङ सिस्टम’को स्तरोन्नति गरिएको छ ।

यसैगरी प्रदेशसभा भवनको परिसरमा नेपाल कम्युनिष्ट पार्टीनेकपा र राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालय भवनको निर्माण पूरा भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका लागि साविकमा सो दलको कार्यालय रहेको भवनलाई व्यवस्थित गरिएको छ । आगामी दिनमा प्रदेशसभाका विषयगत समितिको बैठक कक्ष निर्माण ई–लाइब्रेरी स्थापना, आवश्यक ठाउँमा सिसीटिभी क्यामरा जडानलगायतका कार्य गर्ने लक्ष्य प्रदेशसभा सचिवालयको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

बङ्गलादेशमा आगो लगाउनेहरू चुनाव हारे, यहाँ पनि जनताले हिसाब गरेर बसेका छन् : प्रचण्ड

आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com