ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वीनारायण शाहप्रति संस्कृतिमन्त्रीबाट श्रद्धाञ्जलि


admin
पुस २७, २०७६ आईतबार  १ : ५९ बजे

काठमाडौं, २७ पुस ।आधुनिक नेपालको एकीकरणमा पु¥याउनुभएको महत्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति नेपाल सरकारका तर्फबाट आज सम्मान व्यक्त प्रकट गरिएको छ । दुई सय ९८औँ पृथ्वीजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सिंहदरबार पश्चिम मूलद्वारमा शाहको शालिक रहेको स्थानमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रनिर्माताप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जलि प्रकट गर्नुभयो ।

सो अवसरमा नेपाली सेनाको ब्याण्डसहितको टुकडीले उहाँप्रति सम्मान अर्पण गरेको थियो । राष्ट्रनिर्माताको शालिकमा उक्त अवसरमा १०८ किलो तौलको माला पनि अर्पण गरिएको थियो । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

यसअघि प्रज्ञा–प्रतिष्ठानबाट शाहको ठूलो तस्बीर बग्गीमा राखिएको बाजागाजासहितको पदयात्रा शहरका विभिन्न भागको परिक्रमा गरी शालिकस्थल आइपुगेको थियो । राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक दलका नेता, तीनै प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, पूर्वप्रशासक एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव सिंहदरबार पश्चिम मूलद्वार पुग्नुभएको थियो । उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न सङ्घसंस्थाका बेग्लाबेग्लै झाँकी र बाजागाजासहितको पदयात्रा पनि सिंहदरबारनिर आएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै शाहबाट दिइएको ‘दिव्योपदेश’ अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

सो अवसरमा कायममुकायम प्रधानसेनापति शरद गिरीलगायत अन्य सुरक्षा निकायका उच्चअधिकृतले पनि राष्ट्रनिर्माताको शालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायत सङ्घसंस्थाको बाजागाजासहितको पदयात्रामा सहभागीले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । पदयात्राका सहभागीले ‘राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ’, ‘पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस्’भन्ने जस्ता प्लेकार्ड बोकेका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डीएनएसम्बन्धी छुट्टै कानून बनाउन फरेन्सिक विज्ञहरूको सुझाव

जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई एकीकृत गर्न विज्ञहरूको जोड

सम्बन्धित

मधेस प्रदेशः नवनियुक्त ५ मन्त्रीले लिए शपथ

सिंहदरबार प्रवेश गरेर होहल्ला गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्जका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी

विद्यालय शिक्षामा सुधारको आशा तर कार्यान्वयनमा गम्भीर चुनौती रहेको शिक्षा विज्ञ दाहालको टिप्पणी(भिडियोसहित)

दुर्गा प्रसाईलाई साधारण तारेखमा राख्न रिहा गर्न आदेश

६ करोडको अवैध भेपसहित खिचापोखरीबाट एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com