ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनका कारण जलविद्युत् क्षेत्रमा चुनौती– मन्त्री पुन


admin
पुस २६, २०७६ शनिबार  ८ : ४२ बजे

काठमाडौं, २६ पुस । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घ आइरेना को १० औँ वार्षिक सम्मेलन आजदेखि संयुक्त अरब इमेरेट्स युएईको अबुधावीमा शुरु भएको छ । विश्वका ११० भन्दा बढी मुलुकका ऊर्जामन्त्री सहभागी सो सम्मेलनमा नेपालबाट ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री वर्षमान पुन नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनको असरका कारण जलविद्युत् क्षेत्रमा नयाँ चुनौती खडा भएको बताउनुभयो । उहाँले दीर्घकालीन सोच र योजनासहित उक्त परिस्थितिको सामनाका लागि विश्व समुदायको ध्यानकर्षण गराउनुभयो ।

आर्थिक र प्राविधिक हिसाबले नेपालमा तत्कालै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको बताउँदै उहाँले हाल एक हजार ३२६ मेगावाट राष्ट्रिय ग्रीडमा रहेको र दुई हजार ५०० मेगावाट क्षमताका विद्युत् आयोजना र ६०० मेगावाटको सौर्य ऊर्जा निर्माण क्रममा रहेको जानकारी दिनुभयो ।

नेपालको कुल ८८ प्रतिशत जनतामा विद्युत्को पहुँच पुगेको जानकारी दिँदै मन्त्री पुनले त्यसमध्ये करिब १० प्रतिशत योगदान नवीकरणीय ऊर्जा लुघजलविद्युत् आयोजना, सोलार बाट भएको उल्लेख गर्नुभयो । उहाँले नवीकरणीय ऊर्जाका क्षेत्रमा आइरेनाको अर्थपूर्ण सहयोगको अपेक्षा गर्दै थप लगानी, सुलभ र पहुँचयोग्य प्रविधिमा विशेष ध्यान दिन आग्रह गर्नुभएको ऊर्जामन्त्रीको प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो । प्रभावकारी र नतिजा उन्मुख योजना निर्माण तथा बजेट तय गर्न सम्मेलन सक्षम हुने विश्वास व्यक्त गर्दै उहाँले सम्मेलन पूर्ण सफलताको कामना गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः छ कम्पनीमा लगानी, २२ तोला सुन

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना

सम्बन्धित

कृषिमन्त्रीले सम्पत्तिमा देखाइन् २ वटा बाख्रा र १० वटा कुखुरा

सीता वादीको पशुधनमा २० वटा कुखुरा, एउटा कुकुर

स्वास्थ्यमन्त्री निशासँग ३० तोला सुन र ५० तोला चाँदी

प्रधानमन्त्री बालेनकी श्रीमतीको १९० तोला गरगहना

उर्जामन्त्री श्रेष्ठको ८ बैंकमा ८० लाख ब्यालेन्स, ३० लाखका घडी

शिक्षा मन्त्री पोखरेलको सम्पत्ति २४ करोड १६ लाख, काठमाडौंमा करोडौँका घरजग्गा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com