ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम आयात निजी क्षेत्रलाई सुम्पन सकिँदैन– मन्त्री भट्ट


admin
पुस २६, २०७६ शनिबार  ८ : ३२ बजे

काठमाडौं, २६ पुस । निगमको स्वर्णजयन्तीको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कुनै पनि हालतमा पेट्रोलियम आयात निजी क्षेत्रलाई सुम्पन नसकने बताउनुभयो । पेट्रोलिमय पदार्थको कारोबार राष्ट्रिय सुरक्षासँग जोडिएको भन्दै उहाँले निगमलाई निजीकरण गर्ने विषय सोच्न पनि नसकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगम निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न तयार हुनुपर्छ, पेट्रोलियम कारोबारमा निगमसँग प्रतिस्पर्धा गर्न आउनेलाई हामीले बाटो खोलिदिनुपर्छ ।” पेट्रोलियम पदार्थको बिकल्पका रुपमा विद्युतीय शक्तिलाई लिइएको भन्दै उहाँले निगमलाई अन्य क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । “निगमले अब जलविद्युत् क्षेत्रमा पनि लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । निगमलाई सफल बनाउन सामूहिक भावनाका साथ काम गर्न निर्देशन दिँदै उहाँले इमान्दारितापूर्वक निगम सुधारको बाटोमा काम गर्न आग्रह गर्नुभयो । निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा बैकुण्ठ अर्यालले कार्यक्षमता सुधारमा ध्यान दिन निगम व्यवस्थापनलाई आग्रह गर्नुभयो । “निगमको छवि सुधार्न लागत, समय र व्यवस्थापनमा कार्यक्षमता बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले पछिल्लो समय निगमको कामकारबाहीप्रति जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै प्रणालीलाई विश्वसनीय बनाउन सुझाव दिनुभयो । “अब पेट्रोलियम क्षेत्रमा बन्द हड्ताल हुँदैन, तर ग्यास उद्योगीको खर्च समायोजनमा भने निगमले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहराले व्यवसायीले चर्को लागत व्यहोर्दै ‘ट्याङ्कर लकिङ प्रणाली’मा निगमलाई सहयोग गरेको बताउनुभयो । पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन सुझाव दिँदै उहाँले निगमको ५० वर्षे इतिहासमा ५० दिनको माग धान्न नसक्ने अवस्था देखिनु दुःखद् भएको बताउनुभयो । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले सरोकारवालासँग छलफल गरेर नीति निर्माण गर्न सुझाव दिनुभयो ।

सो अवसरमा निगम सञ्चालक समितिका अध्यक्ष डा अर्यालले स्वर्णजयन्तीको अवसरमा निगमका सम्पूर्ण कर्मचारीलाई प्रोत्साहनस्वरुप एक महिनाको पारिश्रमिक दिइने घोषणा गर्नुभएको थियो । कार्यक्रममा निगमको स्वर्णजयन्तीको अवसर पारेर आयोजना गरिएको विभिन्न खेलकुद प्रतियोगितामा बिजेता हुने खेलाडीलाई पुरस्कृत गरिएको थियो । त्यस्तै निगमको श्रीवृद्धिमा योगदान पु¥याउने कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज महाशिवरात्रि: पशुपतिनाथका चार वटै ढोका खुला, दर्शनार्थी र साधुसन्तको घुइँचो

निर्वाचन २०८२ : ट्रेन्डिङ र हट सिटहरू – कहाँ छ सबैको नजर ?

सम्बन्धित

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्– श्रीमतीको मृत्यु

राप्रपाका वरिष्ठ नेता विश्वबन्धु थापाको निधन

निर्वाचन १८ दिन बाँकी : आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

बङ्गलादेशमा आगो लगाउनेहरू चुनाव हारे, यहाँ पनि जनताले हिसाब गरेर बसेका छन् : प्रचण्ड

आज २६३ औँ सेना दिवस, टुँडिखेलमा विशेष समारोह

झापा–५ मा ओलीलाई नै मत किन ? एमालेले अघि सार्‍यो ३० कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com