ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब नयाँ बसपार्क क्षेत्रमा देखिएको विकृति अन्त्य गरिने


admin

काठमाडौं, २६ पुस । नयाँ बसपार्क क्षेत्रमा हुने विकृति, विसङ्गति अन्त्यका लागि थप प्रहरी परिचालन गरिने भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रले गोँगबुले आज यहाँ आयोजना गरेको ‘शान्ति सुरक्षा सुदृढीकरण कार्यक्रम’मा गोँगबु क्षेत्रलाई अपराधमुक्त क्षेत्र बनाइने बताइएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमालाई शान्त, सुन्दर बनाउन यहाँको शान्ति सुरक्षालाई व्यवस्थित बनाउनु जरुरी रहेको बताउनुभयो । “नयाँ बसपार्कभित्र देखिएको विकृति विसङ्गति अन्त्यका लागि सुरक्षा योजना बनाएर आजैदेखि थप प्रहरी परिचालन गछौँ”, उहाँले भन्नुभयो ।

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा सबैले आआफ्नो क्षेत्रबाट सहयोग गनुपर्ने बताउनुभयो । समाजमा हुने बेविचार, दूराचार र भ्रष्ट्राचार अन्त्य गरेमात्र मुलुकको विकास हुने उहाँको भनाइ थियो ।काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमण वर्षमा आउने विदेशी पाहुनालाई नयाँ बसपार्कमा आउने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । “बसपार्क शान्त, सुन्दर र अपराधमुक्त भएमात्र यहाँको व्यवसायीको व्यवसाय राम्रो हुन्छ”, उहाँले भन्नुभयो ।

महानगरीय प्रहरीवृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले गोँगङ्बु क्षेत्रमा देखिएको विकृति अन्त्य प्रहरी एक्लैले गर्न नसक्ने भन्दै त्यसको अन्त्यका लागि स्थानीय बासिन्दाको समेत सहयोगको आवश्यकता रहेको बताउनुभयो ।केन्द्रका अध्यक्ष राकेश सिंह, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष शैलेश कार्की, नेपाल कम्युनिष्ट पार्टीकी नेत्री कल्पना शर्मालगायतले नयाँ बसपार्कमा हुने विकृति अन्त्यका लागि प्रहरीसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com