ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि एकताबद्ध बनौँ– उपप्रधानमन्त्री पोखरेल


admin

काठमाडौं, २६ पुस । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले संसारको सामुन्ने शिर नझुकाउने स्वाभिमानी मुलुकका रुपमा देशलाई चिनाउन आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेना मध्यपश्चिम पृतना मुख्यालय बुटवलले आज जितगढी किल्लामा आयोजना गरेको राष्ट्रिय एकता दौड प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समारोहमा बोल्दै उहाँले राष्ट्रिय एकता र अखण्डताको रक्षाका लागि सबै जनतालाई एकताबद्ध बनाएर अगाडि बढाउन चाहेको धारणा राख्नुभयो । “यो खेल र दौडको मात्र कुरा होइन, राष्ट्रिय भावनामा सबैलाई एकताबद्ध बनाउने अवसर हो”, उहाँले भन्नुभयो, “हामी इतिहासको संरक्षण र प्रवद्र्धन गर्न चाहन्छाँै ।” रक्षामन्त्री पोखरेलले वीर नेपाली पुर्खाहरुले जीत हासिल गरेको ऐतिहासिलस्थलमा सेनाको तत्परतामा कार्यक्रम आयोजना गरी पुर्खाको सम्झना र सम्मान गरेको बताउनुभयो ।

“यतिबेलाको आवश्यकता कुनै पनि पार्टी, सङ्गठन र अभियानमा लागेका सबै नागरिकहरु म र मेरो भन्ने कुराबाट होइन, हामी र हाम्रो भन्ने चेतनाबाट जागृत हुन आवश्यक छ । तबमात्र हाम्रो मुलुकलाई गौरवशाली मुलुक भनेर सम्झन सक्छौँ,” उहाँले भन्नुभयो । उहाँले सरकार अहिले नेपाल भ्रमण वर्षको राष्ट्रिय अभियानमा लागेकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले सरकारले बनाएका योजना सफल पार्न सबैको साथ र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले खेलमा सहभागी र विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । कार्यक्रममा मध्यपश्चिम पृतनाका पृतनापति उपरथी सीताराम खड्काले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

राष्ट्रिय एकता दौड

राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा नेपाली सेनाको मध्यपश्चिम पृतना मुख्यालयले आज आयोजना गरेको भिक्टोरी म्याराथन तथा एकता दौड प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका हरिकुमार रिमाल र महिलातर्फ सशस्त्र प्रहरी बलकी कान्छीमाया कोजु प्रथम हुनुभएको छ । रिमालले फुल म्याराथनतर्फ ४२ किलोमिटरको दूरी २ घण्टा ३१ मिनेट २ सेकेण्डमा पार गर्नुभएको थियो भने महिलातर्फ कोजुले २ घण्टा ५६ मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नुभयो ।

प्रतियोगितामा नेपाली सेनाकै राजन रोकाय द्वितीय र नेपाली सेनाकै कल्याण बानियाँ तृतीय हुनुभयो । रोकायले २ घण्टा ३२ मिनेट २८ सेकेण्डमा दौड पूरा गरे भने बानियाँले २ घण्टा ३७ मिनेट ४ सेकेण्डमा दूरी पूरा गर्नुभएको थियो । महिलातर्फ नेपाली सेनाकी सरीता वासीले ३ घण्टा १२ मिनेट ५७ सेकेण्डमा दौड पूरा गरी दोस्रो स्थान हासिल गर्नुभयो भने ३ घण्टा ३२ मिनेट १६ सेकेण्डमा दौड पूरा गरी सशस्त्र प्रहरी बलकी कृष्णेश्वरी सिन्तकला तृतीय बन्नुभयो । त्यसैगरी १० किलोमिटर पुरुषतर्फ नेपाली सेनाका शिव रायमाझी प्रथम, श्रीकाश राई द्वितीय र गणेश सिंह ठकुरी तेस्रो हुनुभयो । रायमाझीले ३३ मिनेट १५ सेकेण्ड, राईले ३३ मिनेट २५ सेकेण्ड र ठकुरीले ३३ मिनेट ४४ सेकेण्डमा दौड पूरा गर्नुभएको थियोे । दश किलोमिटरको दौडमा महिलातर्फ पनि नेपाली सेनाकै सानुमाया कार्की प्रथम, सीता सेन द्वितीय र सीता चौधरी तृतीय बन्नुभयो । कार्कीले ४० मिनेट २२ सेकेण्ड, सेनले ४३ मिनेट ५३ सेकेण्ड र चौधरीले ४४ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गर्नुभयो ।

यसैगरी २१ किलोमिटर पुरुषतर्फको दौडमा नेपाली सेनाबाटै प्रथम स्थानमा गजेन्द्र राई, द्वितीय स्थानमा रामजी बस्नेत र तृतीय स्थान मिलन कार्कीले हासिल गर्नुभयोे । राईले एक घण्टा १२ मिनेट २१ सेकेण्डमा, बस्नेतले एकघण्टा १३ मिनेट ९ सेकेण्डमा र कार्कीले एक घण्टा १४ मिनेट १५ सेकेण्डमा दौड पूरा गर्नुभयोे । एक्काईस किलोमिटर महिलातर्फको दौडमा एक घण्टा २६ मिनेट ३३ सेकेण्डमा दौड पूरा गरी नेपाली सेनाकै खेलाडी विश्वरुपा बुढा प्रथम, एक घण्टा ३० मिनेटमा दौड पूरा गरी नेपाली सेनाकै पूर्णलक्ष्मी न्यौपाने द्वितीय र एक घण्टा ३५ मिनेट ३५ सेकेण्डमा दौड पूरा गरी नेपाल प्रहरीकी रेखा विष्ट तृतीय बन्नुभयो ।

प्रतियोगितामा पुरुष तथा महिला म्याराथनतर्फ पहिलो हुनेले रु एक लाख, दोस्रो हुनेले रु ५० हजार तथा तृतीय हुनेलाई रु २५ हजार पुरस्कार प्राप्त गरे । पुरुष तथा महिला हाफ म्याराथनतर्फ पहिलोले रु ५० हजार, दोस्रोले रु २५ हजार र तृतीयले रु १५ हजार पुरस्कार प्राप्त गरेका छन् । बुटवलको गोलपार्कबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको दौड प्रतियोगिता जीतगढी किल्लामा समापन भएको हो । उपप्रधान तथा रक्षामन्त्री पोखरेल, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललगायतले पनि दौडमा सहभागी भएर खेलाडीलाई हौसला प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com