ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक यातायातलाई मर्यादित र सुरक्षित बनाइनुपर्छ– पूर्वप्रधानमन्त्री नेपाल


admin

काठमाडौं, २६ पुस । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नकपा का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाइनुपर्ने बताउनुभएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालको प्रथम राष्ट्रिय साधारण सभाको उद्घाटन कार्यक्रममा आज यहाँ उहाँले यातायात क्षेत्रको एकाधिकारको अन्त्य गर्दै यस क्षेत्रमा रहेका बेथिति र विकृति नियन्त्रणका लागि नियमनकारी निकाय सक्रिय हुन जरुरी भएको उल्लेख गर्नुभयो ।नेता नेपालले मुलुकभित्र सार्वजनिक यातायात मात्र नभई विद्यालय, हवाई कम्पनी तथा बैंक वित्तीय संस्थालगायत जुनसुकै निकाय खोल्नका लागि कुनै सीमितता नरहेको र हचुवाका भरमा बग्रेल्ती संस्था खुल्ने परिपाटी रहेको भन्दै त्यसलाई बदल्न नियमनकारी निकायको विशेष ध्यान जान जरुरी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशमा उदारभावको नाउँमा बग्रेल्ती अनुमति दिइन्छ, कति सङ्ख्या हो, कुनै सीमितता छैन । अर्कोतर्फ खुलेका संस्थाको अनुगमन प्रणाली प्रभावकारी छैन, जसले गर्दा सेवा गुणस्तरतामा ह्रास आउँछ, अन्ततोगत्व लगानीकर्ताले सेवाबाटै विमुख हुनुपर्ने अवस्था पनि सिर्जना हुन्छ, त्यसैले राम्रोसँग अध्ययन गरेर मात्र यातायात सेवा सञ्चालनको अनुमति दिनुपर्छ, प्रतिस्पर्धा र नियमनलाई राज्यका निकायले अझ बढी जिम्मेवार र सक्रिय भएर लाग्नुपर्ने जरुरी छ ।” पूर्वप्रधानमन्त्री नेपालले मुलुकभित्र राज्यले बृहत्तर ढङ्गले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अघि बढाउने परिपाटीको विकास नहँुदा लगानीअनुरुपको प्रतिफल आउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी विमानस्थल, सडक वा पुल जे पूर्वाधार बनाउँदैछौँ, त्यो कति अवधिमा कस्तो गुणस्तरको बनाउने भन्ने मापदण्ड छैन । साँघुरो हेराइ, सङ्कीर्ण सोचका कारण मुलुकको विकासको गतिलाई तीव्रता दिन सकिन्न । जुनसुकै पूर्वाधार बनाउँदा १० वर्ष, २० वर्ष वा ५० वर्ष कति अवधिसम्मका लागि हो कति खर्च लाग्छ आदि विषय शुरुमै निर्धारण गरेर आयोजना अघि बढाउन जरुरी छ ।” चालकको लापर्बाहीका कारण मुलुकमा सवारी दुर्घटना बढ्नुका साथै ठूलो जनधनको क्षति बेहोर्नुपरेको उल्लेख गर्दै उहाँले चालकलाई उत्तरदायी बनाउन आवश्यक प्रशिक्षणका साथै उनीहरुलाई अनुशासित र मर्यादित बनाउनेतर्फ सरोकार भएका निकायले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा विभिन्न यातायात व्यवसायी सङ्गठनका प्रतिनिधिले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र भरपर्दो बनाउन राज्यका नियमनकारी निकाय र निजी क्षेत्रका व्यावसायिक संस्थाले सहयोग र समन्वयात्मक ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो । महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारीले सार्वजनिक यातायातलाई अनुशासित, व्यवस्थित, मर्यादित र सुरक्षित बनाई यात्रु उपभोक्ता, सरकार मजदूर र व्यवसायीबीचको एकतालाई थप सुमधुर तुल्याउने उद्देश्यले महासङ्घ स्थापित भएको बताउनुभयो ।

महासङ्घमा देशैभरका सार्वजनिक यातायात क्षेत्रका ५४ सङ्गठन आबद्ध रहेको बताइएको छ । साधारणसभाले सार्वजनिक यातायात सेवालाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाई सेवाको गुणस्तर अभिवृद्धका लागि संस्थाले आगामी दिनमा प्रभावकारी नीति लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com