
सिरहा,२५ पुस । डाँका मुद्दामा सजाय सुनाइएका फरार रहेका एक जनालाई सिरहा प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो।
जिल्ला अदालत सिरहाले डाँका मुद्दामा ३० वैशाख २०७१ मा कल्याणपुर नगरपालिका वडा नम्बर –८ स्थित अरंग बस्ने ४० वर्षीय मोहम्मद मुस्तफा हुसेन मियालाई ६ वर्ष कैद र एक लाख ८० हजार जरिवानाको फैसला सुनाएको थियो । अदालतले कैद सजाय र जरिवानाको आदेश गरेको थाहा पाएलगत्तै फरार रहेका मियालाई सिरहा प्रहरीले पक्राउ गरेको हो ।
केही समययता आफ्नै गाउँ घरमा लुकेर बसेको छ भन्ने विशेष सूचनाका आधारमा सिरहा प्रहरीले फैसला भएको करिब ६ वर्षपछि मियालाई उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ गरिएका मियालाई जिल्ला अदालत सिरहामा उपस्थित गराएर फैसला कार्यान्वयनका क्रममा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिनु भयो ।








प्रतिक्रिया दिनुहोस्