३ मंसिर, काठमाडौं । प्रचण्ड पुत्र प्रकाश दाहालको निधन ‘आकस्मिक हृदयघात’बाट भएको नर्भिक अस्पतालले बताएको छ । माओवादी अध्यक्ष प्रचण्ड अस्पताल पुगेपछि चिकित्सकहरुले प्रकाशको निधनको औपचारिक जानकारी गराएको छ । डा. यादव भट्टका अनुसार विहान साढे ५ बजे अस्पताल लगिएको थियो । चिकित्सकहरुले विहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । अस्पताल ल्याउँदा नै हात चिसो भइसकेको थियो भने पल्स नरहनुका साथै शरीर पनि केही कडा भइसकेको थियो । अस्पताल ल्याउनु करिव ३ घन्टा अघि नै आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ । आज दिउँसो साढे १ बजेदेखि श्रद्धान्जलीका लागि पार्टी कार्यालयमा राखिने र अपराह्न्न चार बजेपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्