
प्यूठान, २५ पुस । प्यूठानमा बसले ठक्कर दिदा स्वर्गद्वारी दर्शनका लागि आएका भारतीय दर्शनार्थीको मृत्युु भएको छ । शुक्रबार विहान स्वर्गद्वारीबाट दाङ तर्फ जाँदै गरेको ना ३ ख ५५५९ नम्बरको बसले स्वर्गद्वारी नगरपालिका २ बाइनेटा भारतको यु.पी. सराबस्ती बस्ने २६ बर्षीय गुरु प्रसाद यादवलाइ ठक्कर दिदा घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
अर्का सोहि स्थानका २३ बर्षीय नथुराम यादवलाई ठक्कर दिँदा बाँया खुट्टा भाँचिन गई उपचारको लागी दाङ तर्फ लगिएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए। मृतक र घाईते सोही बसमा स्वर्गद्धारी मन्दिर दर्शन गरी फर्कने क्रममा ओरालो बाटो भएको कारण गाडीबाट झारी पैदल हिडी अगाडी जाने क्रममा घटना भएको प्रहरीले जनाएको छ । गाडी र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्