ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धिसँग जोडिएका आयोजना प्राथमिकतामा छन्– मन्त्री नेम्वाङ


admin

काठमाडौं, २३ पुस  । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्धिसँग जोडिएका सडक तथा पूर्वाधारका आयोजनामा सरकारको ध्यानाकर्षण भएको बताउनुभएको छ । उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्गलगायतका रणनीतिक महत्वका सडक आयोजना सरकारको ध्यानाकर्षणभित्र परेको उहाँले बताउनुभयो ।

आज उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना र प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने सडकको अवलकोनपछि उहाँले आर्थिक सामाजिक हिसाबले लाभदायक र आवश्यकताको पहिचानसहित प्राथमिकता निर्धारण गरी भौतिक पूर्वाधारको विकासमा सरकार जुटेको उहाँको भनाइ छ ।“उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना, तमोर करिडोर, मदन भण्डारी राजमार्ग, कञ्चनजङ्घा, पाथीभरा जानेलगायतका पूर्वका मुख्य सडक मुलुककै आर्थिक विकास र समृद्धिसँग जोडिएका छन्, यसको स्तरोन्नति र निर्माणमा सरकारको ध्यानाकर्षण भएको छ”, मन्त्री नेम्वाङले भन्नुभयो । पाथीभरा जाने सडकको स्तरोन्नति गर्नका लागि चार वर्षअघि नै बजेट विनियोजन गरिएको भए पनि हालसम्म काम नभएकोप्रति ध्यानाकर्षण भएको उहाँको भनाइ छ ।

यता मेची राजमार्गअन्तर्गतको सडकलाई फुङलिङ बजार बाहिरबाट सुकेटार जोड्नुपर्ने स्थानीयको मागलाई समेत चासो दिने मन्त्री नेम्वाङले बताउनुभयो । आगलागीलगायतका कारण ठूलो क्षति बेहोर्नु परेको लगायतका समस्या दर्शाउँदै राजमार्गलाई बजार बाहिरबाट सुकेटार जोड्नुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

यता ताप्लेजुङवासीले यहाँका ठूला सडक आयोजनाका लागि पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्नुपर्ने मागपत्रसहित ध्यानाकर्षण गराएका छन् । जिल्लास्थित सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थाले १७ बुँदे मागपत्र तयार गरी तमोर करिडोर, उत्तर दक्षिण ओलाङचुङ्गोला सडक, मदन भण्डारी राजमार्ग, पाथीभरा सडकलगायतका आयोजनामा पर्याप्त बजेट विनियोजन गरी चाँडो सम्पन्न गर्न ध्यानाकर्षण गराएका हुन् । मन्त्री नेम्वाङले आज बिहान उत्तर दक्षिण मूलघाट दोभान ओलाङचुङ्गोला सडक आयोजना र पाथीभरा जाने सुकेटार देउराली सडकखण्डको स्थलगत अवलोकनसमेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com